News

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ : पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि

February 02, 2018

आर्थिक अभियान, माघ १८ २०७४

माघ १८, काठमाडौं (अस) । नेपाल आयल निगमले बिहीवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएपछि निगमले पनि मूल्य बढाएको बताएको छ ।

निगमले पेट्रोलमा १, डिजेल र मट्टितेलमा २/२ र हवाई इन्धनको मूल्य ५ रुपैयाँ प्रति लिटर बढाएको छ । बढेको मूल्यअनु्सार अब पेट्रोलको भाउ प्रति लिटर १ सय ४, डिजेल र मट्टितेल ८३ र हवाई इन्धनको मूल्य ९५ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको भने मूल्य यथावत नै रहेको छ । निगमका अनुसार मूल्यवृद्धिपछि पेट्रोलमा २ रुपैयाँ १ पैसा नाफा र डिजेलमा ३ रुपैयाँ ३७ पैसा अझै घाटा रहेको छ ।

मूल्यवृद्धि पछि निगमको पाक्षिक घाटा १४ करोड ९२ लाख रुपैयाँ हुने बताइएको छ ।

केहि दिन अगाडिमात्र मूल्यवृद्धि गरेको निगमले भारतबाट मूल्य बढेर आएकाले पुनः मूल्यवृद्धि गरेको बताएको हो ।