News

बाढीपीडित बस्तीमा झाडापखालाको प्रकोप,औषधि अभाव

August 19, 2017

फणि महत, अन्नपुर्ण पोष्ट, ०३ भाद्र २०७४ 

रौतहटको गढीमाइ गाउँपालिकाको बाढी प्रभावित बस्तीमा ज्वरो र झाडापखालाको प्रकोप देखिएको छ ।ज्वरो र झाडापखालाबाट सयाँै मानिस बिरामी परेका छन् । स्थानीय हेल्थपोष्टमा औषधि अभाव हुदाँ धेरै बिरामीले जीवनजल समेत पाएका छैनन् ।

बिगत केही दिन अघिदेखि साविकको गम्हरीया पर्सा गाबिसको वडा नम्वर ६,७, ८ र ९ को बस्तीका मानिस बिरामी पर्न थालेका छन् । बृद्धबृद्धा र बालबालिका ज्वरो र झाडापखालाबाट बढी बिरामी परेको गढीमाई गाउँपालिका-३ का वडा सचिव हरेन्द्र साहले बताए । बिरामीको सख्या दिनप्रतिदिन बढ्दै गएको उनको भनाइ छ । शुक्रबार गाउँमा रहेका स्थास्थ्यकर्मीले एक सय ५० जना ज्वरोका बिरामी र २५ जना झाडापखालाका बिरामीको घरमा नै गएर स्वास्थ्य जाँच गरेको गम्हरयापर्सा हेल्थपोष्टका अहेव कृष्ण कुमार यादवले बताए ।

‘घरमै गएर उपचार गरीयो, बिरामी बढ्दै गएका छन्, औषधी अभाव छ' अहेव यादवले भने । जिल्ला जनस्वास्थ्य कार्यालयसंग औषधि माग गरीएको समेत उनले बताएका छन् । गाउमा ५० भन्दा बढी बालबालिका बिरामी छन् । दुइसय भन्दा बढी महिला तथा पुरुष बिरामी छन् । एकदर्जन भन्दा बढी बिरामी सिकिस्त हुदैँ गएका छन् । बालबालिका बिरामी पर्दै गएको र उचित उपचार हुन नसकेको स्थानीय रजिया देवीले बताइन् । गाउँमा महामारीनै फैलन सक्ने अवस्था आएको भन्दै गाउमा स्वास्थ्यकर्मी र औषधि तत्काल उपल्व्ध गराउन स्थानीय सोनेलान राउतले माग गरेका छन् ।

बाढीका कारण घरबाट बिस्थापित भएका गरिव तथा दलित बस्तीमा रोगको प्रकोप बढी छ । रोग प्रभावित बस्तीमा पानी शुद्धिकरण गरेर खानुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने, बासी सडेगलेको खाने कुरा खान नहुने जिल्ला अस्पताल गौरका डा.मो हुसैन सुझाव दिएका छन् । ज्वरो र झाडापखाला प्रभावित गाउँमा खाने र बस्ने समस्या छ । बाढी र डुवानका कारण खानेपानीको ट्वूकलमा धमिलो पानी आउने गरेको छ । बस्तीका मानिसले सोही पानी शुद्धिकरण नगरी खाने गरेका छन् । 

स्रोत: http://annapurnapost.com/news/78055