बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान

June 28, 2017

अन्नपुर्ण पोस्ट दैनिक, १४ असार २०७४

प्रदेश नम्बर १, ५ र ७ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ।

मतदान हुने तीन वटा प्रदेशमा कूल ३ सय ३४ स्थानीय तह रहेका छन्। २८ सय ७४ वडामा ४ हजार ५ सय ८१ मतदान स्थल रहेका छन् भने ८ हजार ३ सय ६४ मतदान केन्द्र रहेका छन्।

६४ लाख ३२ हजार ६५ मतदाताले १५ हजार ३८ पदाधिकारीलाई निर्वाचित गर्नेछन्। ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण मतदान केन्द्रको सम्पूर्ण तयारी पूरा भएको बताएको छ। प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवका अनुसार तदान हुने ८ हजार ३ सय ६४ मतदान केन्द्रमा भरपर्दा सुरक्षा व्यवस्था मिलाइएको दाबी गर्नु भएको छ। उहाँले कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भए त्यसलाई निस्तेज पारिने विश्वास दिलाउनुभयो। निर्वाचन तयारीबारे जानकारी दिन आयोगमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘सुरक्षाको राम्रो प्रबन्ध गरिएकाले पहिलोमा भन्दा दोस्रो चरणको निर्वाचनमा जनसहभागिता उत्साहजनक हुनेछ।’

पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४, ६ मा वैशाख ३१ गते सम्पन्न भएको थियो। तेस्रो चरणको निर्वाचन भने असोज २ गते गर्ने घोषणा गरिएको छ।

स्रोत: http://annapurnapost.com/news/74185

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More