बेरुजु फर्स्योटमा प्रहरी सर्वोत्कृष्ट

April 03, 2019

नागरिक, चैत २०, २०७५ 

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३÷०७४ आर्थिक वर्षको बेरुजु फछ्र्योट गर्ने सरकारी कार्यालय मध्ये नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार नेपाल प्रहरीले सम्पूर्ण सरकारी निकाय मध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्वोत्कृष्ट अंक प्राप्त गरेको हो।

बेरुजु फछ्र्याैटमा नेपाल प्रहरीले सर्वोत्कृष्ट अंक प्राप्त गरेपछि त्यसको नेतृत्व प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल एआइजी ठूले राई एसएसपी दीपक थापालगायत पुरस्कृत हुने भएका छन्। गृह मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनीहरुलाई पुरस्कृत गर्ने भएको हो।

सरकारी कार्यालयको ५ खर्ब आठ करोड रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेको थियो। सो समितिले बेरुजुको अंकलाई न्यूनतम झार्ने अभियान थालेको थियो।

२०७३÷०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजुमध्ये गृहमन्त्रालय अन्र्तगतका ८ सय ८४ कार्यालय मध्ये ३ सय ३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो। त्यसमा नेपाल प्रहरी अन्तरगतका ४ सय ४१ कार्यालयमध्ये १ सय २९ कार्यालयहरुमा ४९ करोड ५५ लाख ५३ हजार बेरुजु देखिएको थियो।

सोर्त: https://nagariknews.nagariknetwork.com/news/73018/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More