बैंकहरूमा निक्षेप संकलन सुस्त, सातामा १ अर्ब मात्रै थपियो

April 06, 2022

कान्तिपुर, चैत २३, २०७८

काठमाडौँ — गत साता वाणिज्य बैंकहरुमा एक अर्ब रुपैयाँ मात्र निक्षेप संकलन भएको छ । यो साप्ताहिक रुपमा संकलन हुने औसत निक्षेपभन्दा धेरै कम हो । रेमिट्यान्स र सरकारी खर्च बढ्न नसकेकाले निक्षेपमा सुधार हुन नसकेको बैंकरहरुले बताउँदै आएका छन् । चैत १२ देखि १८ गतेसम्म २७ वाणिज्य बैंकमा जम्मा १ अर्ब निक्षेप थपिएको छ । 

राष्ट्र बैंकका अनुसार गत चैत १८ सम्म वाणिज्य बैंकहरुको कुन निक्षेप ४३ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ । चैत १२ गतेसम्म यस्तो निक्षेप ४३ खर्ब ३० अर्ब रुपैयाँ थियो । निक्षेप संकलनमा सुस्तता आए पनि गत साता वाणिज्य बैंकहरुले थप ५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसअनुसार १८ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ रहेको छ । १२ गतेसम्म यस्तो कर्जा प्रवाह ४१ खर्ब ७० अर्ब रुपैयाँ थियो ।

स्रोत: https://ekantipur.com/business/2022/04/06/164923423536971980.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More