भरतपुर महानगरमा १४०० मत गन्दाको परिणाम

May 16, 2017

Himal Khabar, 16th May 2017, Bharatpur

चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म एमाले उम्मेदवार देवी ज्ञवालीले अग्रता लिएका छन् । शुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएकोमा केही समय कांग्रेसको समेत समर्थन रहेकी माओवादी उम्मेद्वार रेणु दाहालले अग्रता लिएकी थिइन् । तर पछिल्लो पटक फेरि एमाले उम्मेद्वार ज्ञवाली अघि आएका हुन् ।

अहिलेसम्म १४०० मत गणना हुँदा एमालेबाट मेयरका उमेदवार देवी ज्ञावालीले ६८५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रकी रेणु दाहालले ५२८मत प्राप्त गरेकी छन् । त्यस्तै उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरीले ६०४ मत प्राप्त गरेकी  छन्  भने एमालेकी दिव्या शर्माले ५२८ मत प्राप्त गरेकी छन् । राप्रपाले मेयरमा ३५ र उपमेयरमा ४७ मत प्राप्त गरेको छ । 

 

Source: http://himalkhabar.com/news/3575

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More