News

भारतीयभन्दा चिनियाँ पर्यटक धेरै

April 13, 2018

केदार दाहाल, कारोबार, शुक्रवार, चैत्र ३०, २०७४

सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो । सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ८ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो । तीन महिनामा नेपाल पर्यटक आउने पर्यटक संख्यामा चिनियाँले भारतीयलाई उछिनेका छन् । विगतमा सधैजसो भारतीय पर्यटक बढी आउने गरे पनि चिनियाँ पर्यटक नेपालमा बढी भित्रिएका हुन् । तीन महिनामा चिनियाँ पर्यटकको संख्या ४० हजार ९ सय ७८ छ । गत वर्ष सन् २०१७ को तीन महिनामा भने २९ हजार ६ सय ८४ मात्रै थियो । तीन महिनामा भारतबाट भने ३४ हजार ३ सय १० भारतीय नागरिक नेपाल भ्रमणमा आएका छन् । गत वर्ष तीन महिनामा २ लाख ५३ हजार ९ सय ८४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यही वृद्धिदर कायम रहे २०१८ को अन्त्यसम्ममा ११ लाख पर्यटक नेपाल भित्रिने छन् । २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए ।  अध्यागमन विभागका अनुसार २०१८ को पहिलो तीन महिनामा विमानस्थलसहित देशका अन्य नाकाबाट नेपाल भ्रमणका आउने पर्यटनको संख्यामा ११.४६ प्रतिशतले बढेको हो । संख्याका आधारमा ३२ हजार ८ सय ४४ ले बढी हो ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै २ लाख १६ हजार नौ सय ९८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यसैगरी कञ्चनपुर नाकाबाट ७ सय २७, कैलाली नाकाबाट ९, रसुवा नाका हुँदै २७ सय ८४, भैरहवा नाकाबाट ६४ हजार ३ सय २, बाँके नाकाबाट १ सय ५२ र झापाको नाकाबाट १८ सय ६६ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।   सन् २०१८ को पहिलो तीन महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आउनेको संख्या २१ हजार तीन सय ६९ छ । यो संख्या सने २०१७ को तीन महिनामा १९ हजार सात सय ६७ थियो । यसैगरी चौथौ बढी पर्यटक बेलायतबाट आएका छन् । बेलायतबाट सन् २०१८ को पहिलो तीन महिनामा नेपाल आउने पर्यटकको संख्या १५ हजार ३ सय ८१ रहेको छ ।  

स्रोत: https://karobardaily.com/news/tourism/4114