भूकम्पपीडितको दुई करोड अनुदान रकम खर्च भएन

September 03, 2017

अनिश बिस्ट, अन्नपूर्ण पोष्ट, भदौ १७, २०७४ 

भूकम्पपीडितलाई सरकाले दिने अनुदानको दोस्रो किस्ताको रकम आउँदा समेत जिल्लाका ३ सय ७० घर परिवारले अनुदान रकम प्राप्त गर्नका लागि गरिने सम्झौता गर्न आएका छैन्। भुकम्पले पुर्णक्षति पुर्‍याएका १९ सय ५२ घर मध्ये १५ सय ८३ ले मात्र अनुदान रकमका लागि सम्झौता गरेका छन्।पहिलो किस्ताका लागि ८ करोड ४५ लाख रुपैयाँ अनुदान रकमको अख्तियारी आए पनि ६ करोड ५० लाख मात्र खर्च भएको छ।

पूर्णक्षति भएका घर परिवारका लागि नयाँ घर बनाउन सरकाले प्रति परिवार ३ लाख दिने निर्णय गरेपछि यस जिल्लामा पहिलो किस्ताका लागि ८ करोड ४५ लाख रुपैयाँ अनुदान रकमको अख्तियारी आएको थियो। घर निर्माणका लागि पहिलो किस्तामा १२ सय १ परिवारलाई ५० हजार रुपैयाँका दरले प्रथम किस्ताको अनुदान रकम उपलब्ध गराएको छ।

भोटखोला गाउँपालिका २३ पिडितको पनि सम्झौता भईसकेकाले अनुदान रकम पाउने प्रक्रियामा रहेको जिल्ला समन्वय समिति(जिसस)का सुवास कुइकेलले जानकारी दिए। उनले भने, 'भोटखोला क्षेत्रका भौगोलिक रुपमा विकटता भएकाकारण पिडितहरुले अनुदान रकम बुझ्न ढिलाई भएको हो।बाँकी रहेका ३ सय २९ घर परिवारको भने केहीको नागरिता संग नाम, थर नमिलेका कारण अनुदन रकम दिन नसकिएको हो।'

साथै घरमुली बैदेशिक रोजगारीमा रहेको र घरका तोकिएका प्रतिनिधि अनुदान रकम दिन नमिल्ने भएकाले समेत सम्झौता गरेकालाई पनि रकम उपलब्ध गराईएको छैन। त्यसैगरी गुठिका जग्गामा बसोवास गरेकाहरुको समेत घर क्षति भएको र उनिहरुलाई मुचुल्का तयार पछि प्रमाणिच गरी अनुदान दिनसकिने जनाइएको छ।

प्रक्रिया नमिलेकाहरुका लागि आवश्यक प्रक्रियामा सहजिरण गरिने जिसस प्रमुख सुमन शाक्यले बताए। उनेले भने, केहीको भने सोही ठाउँमा घर बनाउने मनासाय नभएको तथा अन्यत्र बसोवास गर्दै आएको कारणले समेत सम्झौता गर्न नआएका प्रमुख शाक्यले जानकारी दिए।

अनुदान रकम लिनका लागि सोहि स्थानमा घर बनाउनु पर्ने प्राबधान रहेको छ । तर सोही ठाउँमा रहेर पनि चाँहदाचाँदै सम्झौता गर्न नसकेको भए जनप्रतिनिधी मार्फत उनिहरुलाई सम्झौताका लागि पहल गरिने शाक्यले अन्‍नपूर्णलाई जानकारी दिए।

खाँदबारी नगरपालीका-८ का नरबहादुर बराइली भने सार्वजनिक जग्गामा घर बनाई बसेकाले उनलाई अनुदान रकम उपलब्ध गराउन समस्या भएको शाक्यको भनाई छ । बराइली २०६० साल देखि सो स्थानमा बस्दै आएका थिए।

पूर्ण क्षति भएका घर निर्माणका लागि दोस्रो किस्ता बापतको रकमको समतेको अख्तियारी प्राप्त भईसकेको जनाइएको छ। दोस्रो किस्ताका लागि ६ करोड रुपैयाँको मात्र अख्तियारी प्राप्त भएको जिसस मार्फत जानकारी दिएको छ।

पुर्ण क्षति भएकालाई घर निर्माणका अन्तिम किस्ता सम्ममा ३ लाख रुपैयाँ अनुदान दिइने छ। घर आम्सिक क्षति भएका परिवारका लागि प्रवलिकरण (रेक्ट्रोफीटीङ्ग) का लागि २ सय ३६ घर परिवारको नामावलि छनौट भएको जिससले जनाएको छ।

प्रवलिकरणका लागि प्रत्येक गाउँपालिका र नगरपालिकामा नाम प्रकाशन गरिने छ। नाम प्रकाशनपछि आवश्यक प्रकृयापुरागरी आउने प्रति घरपरिवारलाई १ लाख रुपैयाँ अनुदान रकम दिइने जनाइएको छ।

स्रोत: 

http://annapurnapost.com/news/79228

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More