मतदाता शिक्षा कार्यक्रम सुरु

November 04, 2022

कान्तिपुर, कार्त्तिक १८, २०७९

विराटनगर — प्रदेश १ निर्वाचन कार्यालय विराटनगरले बुधबार नमुना मतदान कार्यक्रम गरेर औपचारिक रूपमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ ।

यसपटकको चुनावमा प्रत्येक मतदाताले चार मतपत्रमध्ये पहिलोमा प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारलाई, दोस्रोमा प्रतिनिधिसभाकै समानुपातिकतर्फ मतदान गर्नुपर्ने प्रदेश निर्वाचन अधिकारी लेवनकश्यप अधिकारीले बताए ।

तेस्रोमा प्रदेशसभाका लागि प्रत्यक्षतर्फका उम्मेदवार र चौथो मतपत्रमा प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारलाई मतदान गर्नुपर्ने उनले जानकारी दिए ।अधिकारीले बिहीबारदेखि मोरङका १७ वटै पालिकामा उक्त कार्यक्रम सञ्चालन गरेर मतदान प्रक्रियाको बारेमा सुसूचित गर्ने बताए ।

नमुना मतदानसँगै मंसिर १ सम्म प्रत्येक वडामा एक जना महिला स्वास्थ्य स्वयंसेविकाले १५ दिन घरघरमा गएर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने उनले बताए । स्थानीय तहको चुनावमा बदर मतको संख्या बढेकाले यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको अधिकारीले बताए ।

महिला स्वास्थ्य स्वयंसेविकाले मतको महत्त्व, मतदान प्रक्रिया, सही तरिकाले मतदान गर्ने विधिको बारेमा मतदातालाई जानकारी दिन यो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।

स्रोत: https://ekantipur.com/pradesh-1/2022/11/04/166752896290969946.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter