मनोनयनको संख्या १ लाख ४१ हजार पुग्यो

April 26, 2022

अनलाइनखबर, वैशाख १३, २०७९

काठमाडौं । स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ ।

निर्वाचन आयोगले बिहान १०:३०  बजे अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको जानकारी दिएको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

स्रोत: https://www.onlinekhabar.com/2022/04/1116238 

Newsletter

Submit your details below to receive Newsletters

Newsletter