महाकाली नगरपालिकाको बजेट ४४ करोड

September 18, 2017

सुन्दर सिंह धामी, अन्नपुर्ण पोस्ट, ०२ आश्विन २०७४ 

दार्चुला : चालु आर्थिक वर्ष २०७४ का लागि महाकाली नगरपालिकाले करीब ४४ करोड बराबरको बजेट पारित गरेको छ । महाकाली नगरपालिकाका नगर प्रमुख हंशराज भट्टको अध्यक्षतामा बसेको नगर सभामा उप प्रमुख सुना बोहराले ५२ वटा शीर्षकमा ४३ करोड ७१ लाख १९ हजार बजेट विनियोजन गरेकी हुन् । उक्त नगरपालिकालाई सरकार २९ करोड ३५ लाख २७ हजार अनुदान दिएको छ।

महाकाली नगरपालिकाभित्र पर्ने सम्पूर्ण वडाहरुमा सडक बिस्तार गर्ने गरी नगरपालिकाले चालु आर्थिक वर्षको नीति र कार्यक्रम सार्वजानिक गरेको हो । नगरपालिकाका सबै बस्तीमा सडक सञ्जाल जोड्न नगरयातायात गुरुयोजना निमार्णका लागि चालु आर्थिक वर्षमा ५ लाख विनियोजित गरिएको छ ।

त्यस्तै प्रत्येक वर्ष एक वडामा ३ वटा काठे पुलको बिस्थापन गरी झोलुङ्गे तथा पक्की पुल बनाइने नगरसभाले निर्णय गरेको छ । नगर क्षेत्रमा बन्ने व्यक्ति तथा सामुदायिक भवन लगायतका संरचनाको अनिवार्य नक्सा पास गर्ने तर यो निर्णय लागु हुनुभन्दा पूर्व निर्माण भएका संरचनाको हकमा चालु आर्थिक वर्षभित्रमा नक्सा पास गर्न आएमा १० प्रतिशत छुट दिइने पनि नगर सभाले निर्णय गरेको छ ।

शिक्षाको विकासका लागि माध्यमिक तह सम्मका विद्यालय सञ्चालनमा थप प्रभावकारी बनाउन जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा आवश्यक पूर्वाधार निर्माण गरी निजी स्रोतबाट चलेका विद्यालयमा शिक्षकको व्यवस्था गरी शैक्षिक गुणस्तरमा सुधार ल्याउने नीति अवलम्बन गरिएको छ ।

चालु आवदेखि कर्षक पेन्सन कोष स्थापनाका लागि २ लाख विनियोजीत गरिएको छ भने रेडियोहरुको व्यवस्थापन र सञ्चालनका लागि एफएम रेडियो कार्यविधि २०७४ पारित गरिने पनि नगर सभाले निर्णय गरेको छ ।

स्रोत: 

http://annapurnapost.com/news-details/80516

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More