महानगरका १६ स्थानमा सिसी क्यामेरा जडान

January 25, 2018

अन्नपुर्ण पोस्ट, १० माघ २०७४

काठमाडौँ महानगरपालिका वडा नं १० का विभिन्न स्थानमा आजदेखि सिसी क्यामेरा प्रयोगमा ल्याइएको छ। बुधबार आयोजित एक कार्यक्रमकाबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले शुभारम्भ गरे। वडा कार्यालय रहेको स्थानको एक किलोमिटर वरपर १६ स्थानमा क्यामेरा जडान गरिएको हो।

कामपाको वडा नं १० मैतीदेवी सेतोपुलदेखि शङ्खमुलसम्मलाई लिइन्छ भने वडा कार्यालय रत्नराज्य विद्यालय नजिक रहेको छ। सो अवसरमा कामपाका प्रमुख शाक्यले सुरक्षाको दृष्टिकोणले सिसी क्यामेरा अत्यन्तै आवश्यक रहेको भन्दै निकट भविश्यमै कामपाको सबै स्थानमा क्यामेरा जडान गर्ने बताए।

एक महिनाअघि जडान गरी केहीलाई परीक्षणका रुपमा राख्दा अत्यन्तै उपयोगी पाइएपछि बुधबारदेखि पूर्ण रुपमा प्रयोगमा ल्याइएको उक्त वडाका वडाध्यक्ष रामकुमार केसीले जानकारी दिए।

वडाध्यक्ष केसीले वडाका चार स्थानमा निःशुल्क वाइफाईको पनि व्यवस्था गरिएको र अन्य केही स्थानमा पनि राख्ने तयारी भइरहेको जानकारी दिए। सिसी क्यामरा जडानपछि विशेषगरी रातिको समयमा घट्ने विभिन्न किसिमका चोरी, सडक दुर्घटना, महिलामाथि हुने नकारात्मक व्यवहार जस्ता घटनामा कमी आउने विश्वास वडा कार्यालयले लिएको छ। यस्ता घटनामा कमी आए अन्य स्थानमा पनि सिसी क्यामेरा जडान गरिने बताइएको छ।

स्रोत: http://www.nagariknews.com/news/35824/

Newsletter

Submit your details below to receive Newsletters

Newsletter