महिला सहकारीद्वारा तीन हजार खसीबोका किनबेच

September 25, 2017

ठाकुर सिंह थारु, कान्तिपुर दैनिक, ०९ आश्विन २०७४ 

राप्ती सोनारी गाउँपालिका महिलाको सहकारी संघले दसैंका लागि तीन हजार खसीबोका संकलन गरी बिक्री सुरु गरेको छ । काठमाडौं र पोखराका व्यवसायीले संघको खसीबोका खरिद गरेका हुन् । 

संघले एक हजार खसीबोका बिक्री भइसकेको जनाएको छ । थप पठाउने क्रम जारी छ । तीन हजार खसीबोकाको खरिद बिक्रीले साढे तीन करोडको कारोबार हुने संघले जनाएको छ । जिउदै प्रतिकिलो ३ सय २० देखि ६२ रुपैयाँमा गाउँमा रहेका महिला समूहहरूले खसीबोका खरिद गरी ४ सय ५० देखि ८० रुपैयाँसम्म बिक्री गरिरहेको जिल्ला सहकारी संघका अध्यक्ष गंगाचन्द ठकुरीले बताइन् । उनले महिलाहरू संलग्न रहेका १५ सहकारीमार्फत गाउँका खसीबोका खरिद गरिरहेको बताइन् । ‘गाउँमै खसीबोका खरिद गरिदिएपछि बाख्रापालन गर्ने किसानलाई निकै सहज भएको छ । बिक्री गर्नका लागि उनीहरूलाई बजार जानुपरेको छैन,’ उनले भनिन्, ‘गाउँगाउँबाट संकलन गरिएका खसीबोका काठमाडौं र पोखरा पठाइरहेका छौं ।’

संघले बाँकेको ढकेरीमा खसीबोका संकलन र बिक्री केन्द्र राखेको छ । संघमा करिब ९ हजार महिलाहरू सदस्य छन् । १५ वटा सहकारी संस्था पनि आबद्व छन् । एक/दुई वटा खसीबोका पाल्ने सदस्यहरूले पनि त्यही बिक्री गरिरहेका छन् । 

स्रोत:http://kantipur.ekantipur.com/news/2017-09-25/20170925082951.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More