माघभित्र सरकारले सिटामोल औषधि उत्पादन गर्ने

December 28, 2017

सेतोपाटी, ११ पुष २०७४

सरकारले माघ महिनाभित्रै सिटामोल औषधि उत्पादन गर्ने भएको छ। नेपाल औषधि लिमिटेडले माघ महिनाभित्र सिटामोल उत्पादन गर्नेगरी सबै प्रक्रिया पुरा भएको जनाएको छ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी लिमिटेडले सिटामोलका लागि आवश्यक कच्चापदार्थ आयात भइसकेको जनाएको छ।

दुई वटा मेसिन भने भारतबाट आउँदै गरेको कम्पनीका महाप्रवन्धक डा. रोभस कुसम सुवेदीले जानकारी दिए। ‘कच्चा पदार्थ आइसकेको छ, दुई वटा मेसिन आउने क्रममा छ, एक महिनाभित्र हामीले सिटामोलको उत्पादन थाल्छौँ’ उनले भने। प्याकेजिङ तथा वितरणका लागि बोलपत्र समेत आह्वान भइसकेको उनले जानकारी दिए।

यसअघि कम्पनीले गत वैशाख २४ गतेदेखि जीवनजलको उत्पादन गर्दै आएको छ। असोजभित्रै सिटामोलको उत्पादन गर्ने भनिए पनि कच्चा पदार्थ तथा मेसिनको आयात तथा भन्सार प्रक्रियाका कारण केही ढिलाई भएको सुवेदीले बताए।

हाल ट्याबलेट उत्पादन इकाई तयार भइसकेको औषधि लिमिटेडले जनाएको छ।  ८ वर्षसम्म बन्द भई संचालनमा आएको नेपाल औषधि लिमिटेड सरकारी स्वामित्वको हो।

बन्द हुनुपूर्व १ सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको कम्पनीमा विश्वस्तरीय जिएमपी (गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) अनिवार्य गर्न परेपछि बन्द भएको थियो। पछि सरकारले सोका लागि थप रकम निकासा गरेपछि संचालनमा आएको हो।

अहिले स्टान्डर्ड अपरेटिङ प्रोड्युसर, विधि विकास, कच्चा पदार्थ, प्याकेजिङ सामाग्री लगायतका विधि विश्वस्तरीय मापदण्डअनुसार तयार गरिएको औषधि लिमिटेडले जनाएको छ।

स्रोत: https://setopati.com/kinmel/medical/118562

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More