माघ २४ मा राष्ट्रिय सभाको चुनाव

January 05, 2018

नागरिक दैनिक, २१ पुष २०७४

सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको  आकस्मिक बैठकले माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले जानकारी दिए । 

  • राष्ट्रिय सभाको चुनाव माघ २४ गते
  • मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप
  • प्रदेश प्रमुख र राजधानी अर्को क्याविनेटले तोक्ने

मन्त्रिपरिषदले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप्ने निर्णय गरेको छ । यी दुवै आयोगको म्याद थप्न कानुन संशोधन गर्नुपर्ने भएकाले सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको कानुन मन्त्री यज्ञबहादुर थापाले जानकारी दिए । यी दुवै आयोगको विस्तारित अवधि आगामी माघ २६ गते सकिदैछ । अब बन्ने संसदले यी दुई आयोगको कार्यवधि विस्तारमा काम गर्न नभ्याउने हुनाले अध्यादेश सिफारिस गर्नुपरेको मन्त्री थापाले बताए । आयोगको म्याद थपिएसँगै अहिलेकै पदाधिकारीले निरन्तर काम गर्नेछन् । 
मन्त्रिपरिषदले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्ने भनिएपनि आज तोकेको छैन । श्रममन्त्री फरमुल्लाह मन्सुरले भने, ’अर्को क्याविनेट बैठकले यसबारे निर्णय लिनेछ।’ 

स्रोत: http://www.nagariknews.com/news/34055/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More