माप्यको बजेट पौने २८ करोड

June 26, 2019

नागरिक, असार ११, २०७६ 

सोलुखुम्बु – सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाले आगामी आव ०७६/७७ का लागि पौने २८ करोडको बजेट ल्याएको छ। गाउँपालिकाले सोमबार सम्पन्न गाउँसभाबाट २७ करोड ७३ लाख ३७ हजार तीन सय ४९ रुपैयाँको बजेट ल्याएको हो।

केन्द्र सरकारको वित्तीय समानीकरण १० करोड १० लाख, प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान ६९ लाख ८४ हजार, प्रदेशको सवारी साधन करवापतको २२ लाख ८४ हजार, केन्द्र सरकारको राजस्व बाँडफाँड रकम पाँच करोड ६३ लाख, पर्यटन रोयल्टीवापतको रकम ४४ लाख ८९ हजार तीन सय ४९ रुपैयाँ, आन्तरिक राजस्व संकलनको १० लाख र शसर्त अनुदान रकम १० करोड ५३ लाख गरी पौने २८ करोडको वार्षिक बजेट तयार पारिएको छ।

सार्वजनिक बजेट पुर्वाधार निर्माण, कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर ल्याइएको छ। खुम्बुपासाङलहमू गाउँपालिकाको सहकार्यमा ओर्लाङघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन पुलका लागि दुई करोड ७२ लाख बजेट विनियोजन गरिएको छ भने कायाखेतस्थित दूधकोशी नदीमा मोटरेबल पुल निर्माणका लागि दुई करोड बजेट विनियोजन गरिएको छ।

गाउँपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर एक करोड १५ लाख ४१ हजार बजेटको व्यवस्था मिलाएको छ भने सामाजिक विकास तर्फ दुई करोड ७६ लाख ५० हजार, संस्थागत विकास तथा सेवा प्रवाहमा ३६ लाख बजेट विनियोजन गरिएको छ भने गाउँपालिकालाई साक्षर घोषणा गर्नका लागि २९ लाख बजेट र खास्ताव भीरमा प्याराग्रीन तथा रक क्लाईबिङ सम्भाव्यता अध्ययनका लागि ५ लाख बजेट विनियोजन गरिएको छ।

वडागत प्राथमिकीकरणलाई वेवास्ता गर्दै बजेट विनियोजन गरेको भन्दै माप्य दुधकोशी गाउँपालिका वडा नं ६ र ७ का जनप्रतिनिधिहरुले गाउँसभा बहिस्कार गरेका छन्। वडा तहमा बजेटको सीमा पनि नपठाउने र वडाबाट आवश्यकताको आधारमा प्राथमिकतामा परेका बजेटमा पनि बजेट विनियोजन नभएको भन्दै वडाअध्यक्ष सहितका १० जनप्रतिनिधिले गाउँसभा बहिस्कार गरेका हुन्। गाउँपालिकाको बृहत्तर विकासमा अर्थ राख्ने बजेट विनियोजनमा एकलौटी गरेकै कारण सभा बहिस्कार गर्नुपरेको वडा नं ६ का वडाअध्क्ष दिनेश कुमार राईले बताए। यसअघि असार ७ र ८ गते बसेको कार्यापालिका वैठकमा प्रस्ताव विनै चालु आर्थिक बर्षको आयव्यय पारितको निर्णय लेखेपछि वडा नं ३, ५, ६ र ७ का वडाअध्यक्षहरुले फरकमत राख्दै ज्ञापनपत्र बुझाएका थिए।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/80849/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More