मूल्यवृद्धि साढे ८ प्रतिशत नाघ्यो, घिउ-तेलको वृद्धिदर उच्च

July 11, 2022

कान्तिपुर, असार २७, २०७९

काठमाडौँ — पछिल्ला महिनामा मूल्यवृद्धि निरन्तर उकालो लाग्दै आएको छ । सोही क्रममा जेठमा वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धि ८.५६ प्रतिशत पुगेको छ । यो पछिल्ला केही वर्षयताकै उच्च हो । गत वर्षको ११ महिनामा यस्तो मूल्य वृद्धिदर ४.१९ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको ११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ९.४४ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । जेठमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेलको मूल्यवृद्धि सबैभन्दा उच्च २२.६० प्रतिशत छ । यस्तै दुग्ध पदार्थ तथा अण्डाको ११.२२, सुर्तीजन्य पदार्थको ९.७०, मदिराजन्य पेय पदार्थको ९. ६८ र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि ९.१३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायातको मूल्यवृद्धि २५.७९ प्रतिशत छ । शिक्षाको ११.६४, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ८.३०, मनोरञ्जन तथा संस्कृतिको ८.२१ र घरायसी सामाग्रीको मूल्यवृद्धि ७.८४ प्रतिशत रहेको छ ।

स्रोत: https://ekantipur.com/business/2022/07/11/165753791736791646.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter