गोपीकृष्ण ढुंगाना, अन्नपुर्णपोष्ट दैनिक, मंगलवार, चैत २७, २०७४
बहुप्रतीक्षित मेलाम्ची खानेपानी आयोजनाको सुरुङमा मंगलबार ‘ब्रेक थ्रु’ भएको छ । सिन्धु ग्याल्थुम खण्डको साढे सात किलोमिटरको ‘ब्रेक थ्रु’ भएको हो । अब असोजको पहिलो साता नै राजधानीमा मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।
खानेपानी मन्त्री विना मगरले मंगलबार मेलम्चीको सुरुङमा ‘ब्रेक थ्रु’ भएको जानकारी दिइन् । यसअघि सन् २०१६ मा सुन्दरीजल–सिन्धु खण्डको ९.४ किलोमिटर सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो भने सन् २०१७ को डिसेम्बरमा ग्याल्थुम–अम्बथान खण्डको ८.२ किलोमिटर ‘ब्रेक थ्रु’ भएको थियो ।
यो तेस्रो ‘ब्रेक थ्रु’ले मेलम्ची सुन्दरीजलको २६ किलोमिटर सुरुङको सम्पूर्ण काम सकिएको हो । अब १७ करोड लिटर पानी दैनिक राजधानीमा आउनेछ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीका अनुसार मेलम्चीको पानी प्रत्येक घरमा दैनिक ४ घण्टाका तरले वितरण हुनेछ ।