News

यसपालि १३ लाख ५५ हजार मतदाता थपिए, झापामा सबैभन्दा धेरै

November 09, 2017

सेतोपाटी,  २२ कात्तिक २०७४ 

स्थानीय तहको निर्वाचनपछि मुलुकभर गरी १३ लाख ५५ हजार मतदाता थपिएका छन्। स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या १ करोड ४० लाख ७२ हजार ४ सय २४ थियो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले भदौ ५ गतेसम्म मतदाता नामावली अध्यावधि गर्दा १३ लाख ५५ हजार ५ सय १४ मतदाता थप भएका हुन्।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा कुल मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ९ सय ३८ कायम भएको निर्वाचन आयोगले जनाएको छ।

सबैभन्दा बढी मतदाता झापामा थपिएका छन्। झापामा स्थानीय तहमा ५ लाख ८ हजार ३ सय ५६ मतदाता रहेका थिए। प्रतिनिधिसभा निर्वाचनमा झापामा ७६ हजार ८ सय १० मतदाता थपिएका छन्। झापामा ५ लाख ८५ हजार १सय ६६ जना कायम भएको छ।

यस्तै दोस्रोमा सर्वाधिक थपिएकोमा मोरङ र तेस्रोमा रूपन्देही छन्।

यी हुन् सबैभन्दा बढी मतदाता थपिएका १० (जिल्ला कहाँ कति)

झापा ७६८१०
मोरङ ६९२२४
रूपन्देही ६००५५
कैलाली ५७२९९
सुनसरी ५३६३४
दाङ ४७७८०
काठमाडौं ४४०५३
काभ्रे ४१४४३
चितवन ४१०३३
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ३८७००

 

स्रोत: https://setopati.com/politics/103731