यसबर्षको मनसुन नेपाल प्रवेश

June 14, 2017

 

कान्तिपुर संवाददाता, कान्तिपुर दैनिक, जेष्ठ ३१, २०७४

बंगालको खाडीबाट पूर्वी भाग हुँदै यसबर्षको मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हिजोबाट क्रमिक रुपमा मनसुन प्रवेश गरेपनि पू्र्णरूपमा सक्रिय हुन र देशका बांकी भागमा फैलन अझै केहि दिन लाग्ने महाशाखाको भनाइ छ । यसबर्ष अनुमान गरिएभन्दा २ दिन ढिला गरी मनसुन नेपाल प्रवेश गरेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  नेपालमा साधारणतया जुन देखि सप्टेम्बरसम्म चार महिनाको अवधिलाई मनसुनको अवधि मानिन्छ । यो अबधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष मध्य तथा सुदुर पश्चिमका अधिकांश भागमा सरदर भन्दा कम बर्षा हुने महाशाखाको अनुमान छ ।

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More