यस्तो छ निजी आवास पुनर्निर्माण अनुदान लिने समयसीमा

August 08, 2017

कान्तिपुर दैनिक, २४ श्रावण २०७४ 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण अनुदानको बाँकी किस्ता समयमै लिइसक्न लाभग्राहीहरुलाई आग्रह गरेको छ ।

पुनर्निर्माण प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशन गरेर तेस्रो किस्ता लिने अन्तिम मिति आगामी असार मसान्तसम्मलाई तोकिइसकेको भन्दै आफूले लिन बाँकी प्रथम, दोस्रो र तेस्रो किस्ता समयमै लिन सम्पूर्ण लाभग्राहीहरुलाई अनुरोध गरेको हो । गत पुससम्म पहिलो किस्ता लिइसकेका लाभग्राहीले आगामी पुस मसान्तभित्र दोस्रो किस्ता, पुससम्म दोस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीले ०७५ जेठ मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले समयावधि तोकेको छ ।
 
त्यस्तै, लाभग्राहीको सूचीमा परे पनि अनुदान सम्झौता नगरेका लाभग्राहीले जति सक्दो छिटो अनुदान सम्झौता गरी आगामी कार्तिक मसान्तसम्म पहिलो किस्ता लिइसक्नुपर्ने छ । यो अवधिभित्र प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीले २०७४ चैत मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले मंगलबार प्रकाशन गरेकाे सूचना 

अहिलेसम्म भूकम्प प्रभावित ३१ जिल्लाका कुल लाभग्राहीमध्ये ६ लाख ३ हजार ५२ जनासँग अनुदान सम्झौता भइसकेको छ । प्राधिकरणले कुल ७ लाख ४९ हजार ८ सय ७ जना लाभग्राही पहिचान गरेको छ । जसमध्ये ६ लाख ३० हजार ५२ जनाले पहिलो किस्ता बापतको ५० हजार रकम लिइसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अहिलेसम्म ५५ हजार ७ सय ५४ लाई दोस्रो किस्ता वितरण गरिएको छ भने २ हजार ७ सय ९७ जनाले मात्र तेस्रो किस्ता लिएका छन् । 

स्रोत : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वेभसाइट

तेस्रो किस्ताको अनुदानका लागि निवेदन दिनेको संख्या भने ८ हजार १ सय ५९ जना पुगेको छ । दोस्रो किस्ताका लागि निवेदन दिने ८० हजार ४ सय ४९ जना छन् । भूकम्प गएको साढे दुई वर्ष पुग्न लाग्दा समेत घर निर्माणको संख्या भने अत्यन्तै न्यून छ । प्राधिकरणले अहिलेसम्म ४५ हजार ७ सय ७४ घर मात्र निर्माण सम्पन्न भएको तथ्यांक उपलब्ध गराएको छ । साउन दोस्रो सातासम्ममा १ लाख १४ हजार २ सय ८१ जनाले घर निर्माण सुरु गरेको प्राधिकरणको वेभसाइटमा तथ्यांक दिइएको छ ।   

स्रोत : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वेभसाइट

पहिलो चरणमा भूकम्प अतिप्रभावित १४ जिल्लालाई प्राथमिकता दिएर अनुदान वितरण गरिए पनि कम प्रभावित १७ जिल्लामा समेत अहिले अनुदान वितरणको काम भइरहेको छ ।


स्रोत: http://bit.ly/2ujvvZQ

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More