यी हुन् मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ति र संस्था

February 05, 2018

सन्तोष न्यौपाने, नागरिक दैनिक, २२ माघ २०७४

काठमाडौं- मोबाइलमा सबैभन्दा धेरै खर्च गर्ने व्यक्ती को होला? नेपाल टेलिकमले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षभरीमा सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं, बौद्धका कुलमान घिसिङ रहेका छन्। उनले एक वर्षमा आफ्नो पोष्टपेड मोबाइल नम्बरबाट १ लाख ९७ हजार ६ सय २५ रुपैयाँ ४० पैसा खर्च गरेका छन्।

नेपाल टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै मोबाइल प्रयोग गर्ने आफ्ना ग्राहकलाई सम्मान गर्न उक्त तथ्यांक सार्वजनिक गरेको हो। टेलिकमको आफ्नो वार्षिकउत्सवको अवसरमा ग्राहकको प्रतिनिधित्व हुने गरी मोवाइल तथा अन्य सेवामा सबैभन्दा धेरै खर्च गर्नेहरुलाई सम्मान गरेको छ।

त्यसैगरी, संस्थागत पोष्टपेड मोबाइलबाट धेरै खर्च गर्नेमा सूर्य नेपाल प्राली रहेको छ। उसले एक वर्षमा ९ लाख ४६ हजार १ सय ८० रुपैया ६० पैसा खर्च गरेको छ।

नेपाल टेलिकमको प्रिपेड मोबाइलबाट सबैभन्दा धेरै खर्च गर्नेमा काठमाडौं बानेश्वरका पुष्प दुलाल रहेका छन्। उनको वार्षिक मोबाइल खर्च ६४ हजार ४ सय ५ रुपैया ७१ पैसा रहेको छ।

सिडिएमए पोष्टपेडमा व्यक्तीगत रुपमा सबैभन्दा धेरै रिचार्ज गर्नेमा मोरङका दिलबहादुर लावती र संस्थागतमा नवज्योति इम्पेक्स, काठमाडौं रहेको छ। लावतीले ३७ हजार २ सय र नव ज्योतिले १८ हजार ६ सय खर्च गरेका छन्। सिडिएमए प्रिपेडमा व्यक्तिगत रुपमा सुनसरी, महेन्द्रनगरका विदुर परियारले २ लाख २१ हजार १ सय ६ रुपैया ७० पैसा रहेको टेलिकमले जनाएको छ।

वाइम्याक्समा सबैभन्दा धेरै खर्च र्गेमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड, पाटन, ललितपुर रहेको छ। उसले ८८ हजार रुपैयाँ वार्षिक खर्च गरेको छ। सर्वोच्च अदालत, काठमाडौंले लिज लाइन प्रयोग गर्दै १ करोड ६८ लाख २९ हजार ६ सय ८० रुपैया ९४ पैसा खर्च गरेको छ।

पिएसटिएन अर्थात ल्यान्डलाइन टेलिफोन धेरै प्रयोग गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रहेको छ। जसको खर्च ४२ लाख १ हजार २ सय ३४ रुपैया ३१ पैसा रहेको छ। व्यक्तीगत रुपमा ल्यान्डलाइन प्रयोग गर्नेमा कंचनपुरका रामप्रसाद राना रहेका छन् । उनले वार्षिक १ लाख २६ हजार ८ सय ६४ रुपैया ५२ पैसा खर्च गरको टेलिकमले जनाएको छ।

स्रोत: www.nagariknews.com/news/36981/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More