Kantipur, 20th March 2017
मार्च २० लाई खुशी दिवसको रुपमा मनाइन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघको लागि सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कले संसारकै खुशीको देशको सूची सार्वजनिक गरेको छ ।
देशको जीडीपी, सामाजिक सुरक्षा, औसत आयू, स्वतन्त्रता, भ्रष्टाचारलगायत सूचकांकलाई आधार बनाएर खुशी देशको सूची सार्वजनिक गरेको हो ।
यो वर्षको सूचीमा नर्वे नम्बर एकमा अटाएको छ । साथै, डेनमार्क, आइसल्याण्ड, स्वीटजरल्याण्ड, फिनल्याण्ड क्रमश: दुईदेखि ५ औं नम्बरमा छन् ।
नम्बर दशभित्र नेदरल्याण्ड, क्यानडा, न्यूजल्याण्ड, अष्ट्रेलिया र स्वीडेन अटाएका छन् । नेपाल सूचीको ९९ औं स्थानमा अटाएको छ ।
पूरा रिपोर्ट पढ्न: https://s3.amazonaws.com/sdsn-whr2017/HR17_3-20-17.pdf
Source: http://kantipur.ekantipur.com/news/2017-03-20/20170320175723.html