यी हुन् १० ठूला निर्यातकर्ता

December 05, 2019

अन्नपूर्ण पोष्ट, मङ्सिर १९, २०७६ 

काठमाडौं : गत आर्थिक वर्ष डाबर नेपालले सबैभन्दा बढी निर्यात गरेको छ। आर्थिक वर्ष २०७५÷०७६ मा कुल ९७ अर्ब रुपैयाँको निर्यात भएकामा डाबर नेपाल एक्लैले भारततर्फ १२ अर्ब ७० करोड रुपैयाँ निर्यात गरेको थियो। आरती स्ट्रिप्स प्रालि ५ अर्ब ३ करोड निकासीसहित दोस्रो ठूलो निकासीकर्ता बनेको छ। तेस्रोमा हुलास वायर र चौथो त्रिवेणी स्पिनिङ मिल्स प्रालि ठूला निर्यातकर्ता हुन्। हुलासले करिब ५ अर्बको निकासी गरेको छ। यार्न (धागो) निकासी गर्ने त्रिवेणी स्पिनिङ मिल्सले ३ अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ।

चीनतर्फको निकासीमा न्यू हस्तकला एक्सपर्ट प्रथम भएको छ। दोस्रोमा गणेश हिमाल इम्पोर्ट एन्ड एक्सपोर्ट प्रालि र तेस्रोमा न्यू प्यागोडा इन्टरप्राइजेज छ। नेपालको मौलिक सीप, कला र संस्कृति झल्किने हस्तकलाका वस्तुको निर्यातबाट सबैभन्दा धेरै रकम भित्र्याउनेमा पिपुल्स क्राफ्ट एक्सपोर्टस् छ। उसले १७ करोड रुपैयाँ निर्यात गरेको छ।

कृषिजन्य वस्तु र जडीबुटी क्षेत्रका वस्तुतर्फ दुईवटा कम्पनी छनोटमा परेका छन्। कृषिजन्यतर्फ मनराम हिमालयन ह्यान्डीक्राफ्ट्स प्रालि र जडीबुटीतर्फ सीजी बायोटेक प्रालि छ।

महिला निर्यातकर्तातर्फ सबैभन्दा बढी निर्यात गर्नेमा राज्य लक्ष्मी गोल्छा परेकी छन्। हुलास वायर्स इन्डस्ट्रिज प्रालिबाट उनी छनोटमा परेकी हुन्।

सफ्टवेयर निर्यातमा अग्रस्थानमा एलआईएस नेपाल प्रालि छ।

सबैभन्दा बढी लगानी गर्ने उद्योगमा होङ्सी शिवम् सिमेन्ट प्रालि दरिएको छ। स्वदेशी श्रम र सीप उपयोग गर्ने उत्पादनमूलक उद्योगमध्ये यो छनोटमा परेको हो। सबैभन्दा बढी रोजगारी सिर्जना गर्नेमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड छ। यहाँ चार हजार एक सय २८ जनाले रोजगारी पाएका छन्।

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आईएमई लिमिटेड छ। यो कम्पनीले दुई खर्ब ६१ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट भित्र्याएको छ।

पर्यटन क्षेत्रतर्फ सबैभन्दा बढी विदेशी मुद्रा आर्जन गर्ने होटल व्यवसायीमा तारागाउँ रिजेन्सी होटेल लिमिटेड छ। होटलले एक अर्ब रुपैयाँ विदेशी मुद्रा आर्जन गरेको छ। युवा व्यवसायीतर्फ अक्षय गोल्यानलाई सम्मान गर्ने तयारी भएको छ। महिलातर्फ फेलट एन्ड यार्न प्रालिकी सुनीता शेर्पा छन्। यी निर्यातकर्तालाई सरकारले कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सीआईपी) सम्मान दिने भएको छ।

स्रोत: http://annapurnapost.com/news/142351

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More