युरोपबाट वाइवाई उत्पादन

August 07, 2017

कान्तिपुर दैनिक, २३ श्रावण २०७४ 

चौधरी ग्रुपले युरोपबाट वाइवाईको व्यावसायिक उत्पादन सुरु गरेको छ । युरोपको सर्बियामा नवनिर्मित वाइवाई प्लान्टबाट युरोपेली उपभोक्ताका लागि वाइवाई उत्पादन सुरु गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । 

चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले हालै सर्बियास्थित वाइवाईको प्लान्टमा आयोजित कार्यक्रममा व्यावसायिक उत्पादनको उद्घाटन गरेको कम्पनीले जनाएको छ । उद्घाटनका क्रममा अध्यक्ष चौधरीले भने, ‘नेपाली उत्पादन विश्वव्यापी ब्रान्ड बन्न सम्भव छ भन्ने मेरो सपना साकार भएको छ, यो प्रत्येक नेपालीका लागि गौरवको विषय हो कि हामीले पनि युरोप जस्तो प्रतिस्पर्धी बजारमा उद्यम व्यवसाय विस्तार गर्न सक्छौं ।’ कम्पनीका अनुसार भारतमा हालसम्म नौवटा प्रडक्सन युनिट स्थापना भइसकेको र थप विस्तार हुने क्रम रहेको जनाएको छ । 

भारतीय नुडल्स बजारमा वाइवाईले २७ प्रतिशत हिस्सासहित दोस्रो स्थान ओगटेको दाबी कम्पनीको छ । नेपाल र भारतपछि वाइवाई युरोप, अफ्रिका, मध्यपूर्व र एसियाका अन्य देशहरूमा विस्तार गर्ने रणनीतिअनुरूप हाल युरोपबाट उत्पादन सुरु भएको जनाएको छ ।

 

 

स्रोत :http://kantipur.ekantipur.com/news/2017-08-07/20170807075950.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More