युवा इन्जिनियरले बनाए स्मार्ट इलेक्ट्रिक ह्विलचियर

September 05, 2017

अन्नपुर्ण पोस्ट, २० भाद्र २०७४ 

नेपालमै पहिलोपटक युवा इन्जिनियरको सक्रियतामा स्मार्ट इलेक्ट्रिक ह्विलचियर सार्वजनिक गरिएको छ। चारजना नेपाली युवाको दुई वर्षको प्रयासपछि बनाइएको ह्विलचियरको सोमबार राजधानीमा एक कार्यक्रमबीच अर्थराज्यमन्त्री उदयशमशेर राणा र मह जोडीले संयुक्त रूपमा सार्वजनिक गरे।

अहिलेसम्म विदेशबाट मात्रै आयात गरिरहेकोमा नेपाली युवाले ह्विलचियर बनाउनु गौरवपूर्ण भएको उक्त अवसरमा बताइयो। इन्फिनिटी ल्याब संस्थाका युवा इन्जिनियरको अगुवाइमा ह्विलचियर बनाइएको हो। निर्माण सामग्री उत्पादन गर्दै आएको गोर्खा इको प्यानलले उपलब्ध गराएको वर्कसप सहयागेबाट उनीहरू ह्विलचियर बनाउन सफल भएका हुन्।

हाललाई नमुनाका रूपमा एउटा मात्रै ह्विलचियर बनाएको इन्फिनिटी ल्याबका अध्यक्ष सुनिल परियारले जनाए। कसैको सहयोग पाए व्यावसायिक रूपमा बनाई बिक्रीवितरण गर्ने योजना रहेको उनले बताए। ह्विलचियरमा बसेर गएका कोही पनि व्यक्ति दुर्घटनामा परे घरका परिवारलाई मोबाइलमा एसएमएस जानेसमेत सुविधा भएकाले यो स्मार्ट रहेको उनको भनाइ छ।

ह्विलचियरमा अशक्त व्यक्तिको पिशाब राख्ने व्यवस्थासमेत छ। कार्यक्रममा अर्थराज्यमन्त्री राणाले नेपाली युवाको सम्मान गर्दै यसमा सरकारले पनि सहयोग गर्ने वचन दिए। यसका लागि आवश्यक कच्चापदार्थको भन्सार छुट गरिदिन पहल गर्ने उनको प्रतिबद्धता छ।

स्रोत: 

http://annapurnapost.com/news/79439

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More