राजस्व लक्ष्य ६ महिनामा दोब्बर

February 10, 2021

अन्नपूर्ण पोष्ट, माघ २८, २०७७ 

काठमाडौं : अर्थ मन्त्रालयले माघदेखि आगामी असारसम्म ५ खर्ब ९ अर्ब ६१ करोड रुपैयाँ राजस्व उठ्ने अनुमान गरेको छ। कोभिड–१९ पछि अर्थतन्त्र चलायमान बन्न थालेको र अधिकांश उद्योगधन्दा सञ्चालनमा आइसकेकाले राजस्व बढ्ने अनुमान गरिएको अर्थ मन्त्रालयका सचिव शिशिर ढुंगानाले बताए। 

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामार्फत बाँकी अवधिमा राष्ट्रिय गौरवका आयोजनामा खर्च बढ्ने, विकास निर्माणका नयाँ ठेक्का सुरु हुने र पुँजीगत वस्तुको आयात बढ्ने बताएको छ। यसले अर्थतन्त्रको पुनरोत्थान क्रमशः बढ्दै गएको अर्थसचिव ढुंगानाले जानकारी दिए।  यसपछि पनि राजस्वले सरकारी लक्ष्य भेट्टाउन सक्ने छैन। 

अर्थ मन्त्रालयले यो आर्थिक वर्षभरिमा ९ खर्ब ५९ अर्ब ६८ करोड रुपैयाँमात्रै राजस्व उठ्ने संशोधित अनुमान गरेको छ। यो बजेटमा गरिएको अनुमानको ९४.८५ प्रतिशत हो। 

लक्ष्यको अनुपातमा कम भए पनि गत आर्थिक वर्षको कुल राजस्व संकलनको तुलनामा १४ प्रतिशत बढी नै राजस्व संकलन हुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए।  मन्त्रालयले यो आर्थिक वर्षको तेस्रो महिनादेखि अर्थतन्त्र क्रमशः सामान्य हुँदै गएको भए पनि पुरानै लयमा फर्कन अझै केही समय लाग्ने बताएको छ । 

‘कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु भएको छ’, मन्त्री पौडेलले भने, ‘उद्योग, व्यापार व्यवसाय, आवागमन र सेवा क्षेत्र सामान्य अवस्थातर्फ उन्मुख भएका कारण अर्थतन्त्र पुरानो लयमा फर्कन थालेको छ।’

स्रोत: http://annapurnapost.com/news/174808

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More