News

राष्ट्रिय आर्थिक गणना सम्बन्धि एक चर्चा

April 07, 2018

भवीश्वर घिमिरे, अन्नपुर्णपोष्ट दैनिक, २३ चैत्र २०७४

नेपालको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ सालमा हुँदैछ। यो आर्थिक गणना जनगणना, कृषि गणना जस्तै विशेष तथा आवधिकरूपमा सम्पन्न गरिने देशव्यापी कार्यक्रम हो। नेपालमा हरेक ५-५ वर्षमा राष्ट्रिय आर्थिक गणना संचालन गरिने लक्ष रहेको छ। यस गणनाबाट मुलुकको दिगो विकासको लागि आवश्यक पर्ने आधारभूत आर्थिक तथ्याङ्क प्राप्तहनेछ। मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको परिप्रेक्षमा आर्थिक गणनाबाट प्राप्त तथ्याङ्क राज्यपुनःसंरचना पछिको आर्थिक विकासको लागि भरपर्दो आधार हुनेछ।

 

आर्थिक गणना भनेको के हो ? 
देशभित्र अस्तित्वमा रहेका र क्रियाशील सबै व्यावसायिक प्रकृतिका आर्थिक एकाइ (वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान÷व्यवसायहरू)सँग पुगी गणनाको निर्धारित प्रकृया अनुसार तोकिएको समयभित्र विभिन्न आर्थिक एकाइको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई “आर्थिक गणना” भनिन्छ। संयुक्त राष्ट्र संघको परिभाषा अनुसार गणनाको लागि कुनै पनि व्यावसायिक प्रकृतिको प्रतिष्ठानलाई गणना एकाइको रूपमा लिइएको छ, र त्यसलाई निम्नानुसार परिभाषित गरिएको छ : “प्रतिष्ठान भन्नाले एउटै स्वामित्ववा नियन्त्रणमा कुनै निश्चित स्थानमा रही एकै वा मुख्यरूपले कुनै एउटा आर्थिक क्रियाकलाप गर्ने वाखास आर्थिक क्रियाकलापमा संलग्न एउटा आर्थिक एकाइलाई बुझाउँदछ।”

राष्ट्रिय आर्थिक गणना एक बृहत तथ्याङ्कीय क्रियाकलाप हो जुन नेपालको इतिहासमा पहिलो पटक केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्दैछ। यसमा देशको सम्पूर्ण भूभागभित्र सञ्चालनमा रहेका वा अवस्थित रहेका सबै आर्थिक एकाईको तथ्याङ्कीय विवरण संकलन गरिन्छ। यस क्रियाकलापअन्तर्गत अन्तर्राष्ट्रिय औद्योगिक वर्गीकरणमा उल्लेख गरिएका केही खण्डका जस्तै कृषि, वन र मत्स्य क्रियाकलाप, सार्वजनिक प्रशासन जस्ता क्रियाकलाप बाहेक अन्य खण्डमा उल्लेखित सम्पूर्ण व्यवसायिक क्रियाकलापको एकै सन्दर्भ अवधिमा पूर्ण गणना गरिन्छ। अतःदेशमा अस्तित्वमा वा क्रियाशिल रहेका सबै व्यावसायिक आर्थिक एकाइहरू (वस्तु उत्पादन तथा सेवाप्रदान गर्ने प्रतिष्ठान÷व्यवसायहरू) मापुगी गणनाको निर्धारित प्रकृया अनुसार निर्धारित समय भित्र आर्थिक एकाइहरूको विवरण संकलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवं वितरण गर्ने समष्टिगत प्रक्रियालाई “आर्थिक गणना” भनिन्छ।

राष्ट्रिय आर्थिक गणनाको महत्व देशको आर्थिक विकासका लागि तर्जुमा गरिने आर्थिक नीति तथा योजनाका लागि मात्र नभएर तथ्याङ्कीय व्यावसायिक रजिस्टर स्थापना गर्न र हरेक क्षेत्रका उद्योगी, व्यवसायी, अनुसन्धानकर्ता तथा अन्य समुदायका लागि आ-आफ्नो क्षेत्रको विकास तथा व्यवसायको विस्तार जस्ता कार्य योजनातर्जुमा गर्न पनि आर्थिक गणनाको औचित्य रहेको छ। देशको अर्थतन्त्रमा समावेश रहेका विभिन्न आर्थिक व्यावसायिक क्रियाकलाप मापन गर्नका लागि निश्चित समायावधिमा सञ्चालन गरिने आर्थिक गणना जस्तो बृहत्तर तथ्याङ्कीय क्रियाकलाप एक महत्वपूर्ण कोशेढुंगा हो। व्यावसायिक प्रतिस्पर्धात्मक स्थिति थाहापाउन, मुलुकको अर्थतन्त्रको विशेषताको वास्ताविकता थाहा पाउन, व्यावसायिक एकाईको अवस्थिति तथा आकार सम्बन्धी सूचना प्राप्त गर्न, व्यवसायको विभिन्न विशेषता एकरुपता, तुलनात्मक तथा विस्तृत ढंगले मापन गर्न र कुलगार्हस्थ्य उत्पादन, उत्पादन तथा मुल्य सूचकांक, खुद्राविक्री तथा अन्य तथ्याङ्क जस्ता आर्थिक सूचकका लागि सही वेन्चमार्क तथ्याङ्क प्राप्त गर्न पनिआर्थिक गणनाको अपरिहार्यता रहेको हुन्छ।

यसगणनाको मुख्य उद्देश्यहरु
क) प्रतिष्ठान तथा व्यवसायको व्यावसायिक क्रियाकलाप सम्वन्धी वर्तमान अवस्था र यसका वित्तीय पक्षसहित आधारभूत तथ्याङ्क उपलब्ध गराउने, 
ख) केन्द्र, प्रदेश तथा स्थानीयतहका सरकारलाई योजना तर्जुमा र नीतिनिर्माण गर्न तथ्याङ्क उपलब्ध गराउने, 
ग) राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न तथ्याङ्कहरू उपलब्ध गराउने,
घ) तथ्याङ्कीय व्यावसायिक रजिष्टर निर्माणको आधार खडा गर्ने।
ङ)सम्बन्धित क्षेत्रका व्यवसायी र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्यतथ्याङ्क प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिको लागिनीति तथा योजना तर्जुमा गर्न र अध्ययन अनुसन्धानका लागि आवश्यक पर्ने तथ्याङ्क उपलव्ध गराउने।
च) विभिन्न विषयगत आर्थिक सर्वेक्षणको सूचीका लागि प्रतिष्ठान, व्यवसाय तथा इन्टरप्राइजहरूको विवरण उपलबध गराउने।

यसै सन्दर्भमा केन्द्रीय तथ्याङ्क विभागले २०७५ शुरुमा नै नेपालमापरथम पटक राष्ट्रिय आर्थिक गणना सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पुरा गरेको छ। स्थलगततथ्यांक संकलनको लागिवि.सं. २०७४ साल चैत्र १ गते हरेक जिल्लामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गर्ने काम कतिपय जिल्लामा भईसकेको छ।
वि.सं २०७४ साल चैत्र महिनाभित्र जनशक्ति व्यवस्थापन तथा तालिम सम्पन्न गरी राष्ट्रिय आर्थिक गणना २०७५ को लागि २०७५ साल वैशाख १ बाट कर्मचारी स्थलगत तथ्यांक शंकलनको लागि खटाइने छ। स्थलगत गणनाको अवधि २०७५ साल वैशाख १ देखि जेठ मसान्तसम्म करिव २ महिना हुनेछ।

जिल्लाभित्र गणनाको दिनमा अस्तित्वमा वा सञ्चालनमा रहेका सबै प्रकारका प्रतिष्ठानलाई गणनामा समेटिनेछ। एउटा निश्चित स्थानमा अवस्थित र सञ्चालित वा एकल९कष्लनभि० स्थानमा अवस्थित आर्थिक इकाई बाहेक निश्चित स्थानमा नभई घुमफिर गरी सञ्चालन गरिएका आर्थिक क्रियाकलापलाई यसमा समेटिने छैन। २०७५ साल वैशाख १ गतेलाई गणनाको सन्दर्भ दिनमानिएको छ।

यसको लागि जिल्लाभरी एकैसाथ कर्मचारी परिचालनगरी सबै आर्थिक क्रियाकलापको विवरणमिति २०७५ जेष्ठ मसान्त भित्र संकलन गरिनेछ।

आर्थिक गणनाबाट के के प्राप्त हुन्छ ?
राष्ट्रिय आर्थिक गणना २०७५ को मुख्य सूचकमा १. आर्थिक क्रियाकलाप अनुसार प्रतिष्ठानको कुल संख्या; २ प्रतिष्ठानको वैधानिक स्थिति; ३. क्षेत्रगत प्रतिष्ठानको घनत्व; ४. लिंग अनुसार रोजगारीको स्थिति; ५. वैदेशिक पूँजीको लगानी; ६. कुल स्थिर सम्पत्तिमा भएको लगानी, ७. प्रतिष्ठानहरूको ऋणमा पहुँच, आदिविभिन्न सूचकहरू प्राप्तहुनेछन्।

यस राष्ट्रिय आर्थिक गणना सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवालाको आवश्यक सहयोग तथा समन्वय हुनेछ भन्ने विश्वास जिल्ला आर्थिक गणना कार्यालय नुवाकोटले लिएको छ। स्थलगत तथ्यांक संकलन सम्पन्न गरीसकेपछि २०७५ साल भाद्रभित्र प्रारम्भिक नतिजा सार्वजनिक गर्ने तथा सोही वर्षको अन्त्यसम्ममा अन्तिम नतिजा सार्वजनिक गर्ने विभागको तयारी छ।

(घिमिरे नुवाकोटका तथ्याङ अधिकृत हुन्)

स्रोत: http://annapurnapost.com/news-details/94371