राष्ट्र बैंक भन्छ– अर्थतन्त्रमा आशा कायमै

October 30, 2017

कारोबार आर्थिक दैनिक, १३ कार्तिक २०७४

राष्ट्र बैंकले मूल्य वृद्धिमा दबाब देखिन थालेको स्वीकारे पनि अर्थतन्त्रमा आशावादी हुने तर्कसमेत दिएको छ । राष्ट्र बैंकका अनुसार बाढीका कारण कृषि उत्पादनमा क्षति पुगेको भए पनि धानवालीमा भएको क्षति न्यूनीकरण गर्न सरकारबाट चालिएका कदमका साथै पछिल्लो समयमा मनसुनी वर्षा सामान्य रहेकाले कृषि क्षेत्रको वृद्धिमा सहयोग पुग्ने अपेक्षा छ । यस्तै, ऊर्जा आपूर्तिमा सुधार आएको तथा कच्चा पदार्थको आपूर्तिसमेत नियमित रहेकाले उद्योगको क्षमता उपयोगमा विस्तार भएको अनुमान छ । साथै केही विद्युत् आयोजनाको निर्माण कार्य यही आर्थिक वर्षमा सकिने हुँदा थप विद्युत् जडान हुने र यसबाट औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति बढ्ने देखिन्छ ।
सेवा क्षेत्रतर्फ होटलको बेड अकुपेन्सी दरमा वृद्धि भएको र होटल बुकिङ एवं होटल तथा रेस्टुराँको दर्ता उत्साहप्रद रहेकाले पर्यटन क्षेत्रको वृद्धि सन्तोषप्रद हुने राष्ट्र बैंकको अनुमान छ ।
साथै, आगामी मंसिर १० र २१ गतेको निर्वाचनको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने देखिने भन्दै निर्वाचनका कारणले उपभोग खर्चमा वृद्धि हुने, समग्र आन्तरिक माग बढ्ने र यसबाट उपभोक्ता एवं लगानीकर्ताको आत्मवलमा सुधार आई आर्थिक वृद्धि गतिशील हुने राष्ट्र बैकको तर्क छ ।

स्रोत: https://www.karobardaily.com/news/83082

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More