रोल्पाका ९० प्रतिशत महिला कृषिमा

January 27, 2018

नागरिक दैनिक, १३  माघ २०७४

रोल्पामा व्यावसायिक कृषि पेशा अँगाल्नेमध्ये ९० प्रतिशत बढी महिला देखिएका छन्। 

व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन, बंगुरपालन, बीउ उत्पादनलगायत पेशामा आबद्ध किसानमध्ये ९० प्रतिशत महिला रहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिए । अधिकांश पुरुष वैदेशिक रोजगारीमा जानु, घरमै भएका पुरुषमा पनि कृषिबाट जीविकोपार्जन सम्भव छ भन्ने आत्मविश्वास कम हुनु आदि कारणले जिल्लामा महिला कृषकको संख्या अधिक देखिएको बताइएको छ। 

सरकारी तथा गैरसरकारी संस्थाले दिने अनुदानको समेत सदुपयोग गर्दै व्यवसाय प्रवद्र्धनमा महिलाहरु विश्वसनीय देखिएको श्रेष्ठले बताए। कृषि क्षेत्रबाट गएको अनुदान तथा कर्जाको रकम महिला कृषकले उद्देश्यमूलक काममा खर्च गरेकाले जिल्लाको कृषि क्षेत्र सुधारोन्मुख दिशातर्फ जाँदै गरेको श्रेष्ठको भनाइ छ । जिल्लाका बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई व्यवसाय गरेका महिलाले व्यवसायबाट मुनाफा गरी समयमै सावाँ तथा व्याजसमेत चुक्ता गर्दै आएको बैंक तथा वित्तीय संस्थाले बताएका छन्। (रासस)

स्रोत: http://www.nagariknews.com/news/36055/

फोटो स्रोत: https://thehimalayantimes.com/tag/paddy-field/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More