लकडाउनमा धरानमा ४१ करोड राजस्व संकलन

July 09, 2020

रत्नप्रसाद आचार्य, अन्नपूर्ण पोष्ट, असार २४, २०७७ 

धरान : लकडाउनको समयमा आन्तरिक राजस्व कार्यालय धरानले ४१ करोड २३ लाख राजस्व संकलन गरेको छ। गएको तीन महिनामा संकलन गरेको राजस्व राजस्व कार्यालयको लक्ष अनुरुप भने संकलन भएको छैन। 

लकडाउन भएको चैत महिनामा १२ करोड २ लाख रुपैयाँ राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख तिर्थराज बरालले जानकारी दिएका छन्। त्यस्तै बैशाखमा ५ करोड ४५ लाख र जेठमा २३ करोढ ७६ लाख रुपैयाँ संकलन गरेको उनले बताए। 

आन्तरिक राजस्व कार्यालय धरानले चालु आर्थिक वर्षमा ५ अर्ब ५० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। लकडाउनका कारण धेरै व्यवसायी कर तिर्न नआएका कारण यसपटक लक्ष अनुरुप राजस्व संकलन हुन समस्या पर्ने बरालको भनाइ छ। 

सुनसरी उद्योग वाणिज्य संघका सदस्य प्रभाव खतिवडाले लकडाउनको समयमा व्यपार व्यवसाय संचालन नभएका कारण व्यवसायी नै घाटामा गएकाले  लकडाउनको समयको कर छुट दिन सरकारसँग माग गरेका छन्। 

स्रोत: http://annapurnapost.com/news/160724

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More