Himal Khabar, 24th May 2017, Kathmandu
ललितपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
शुरुदेखि नै झिनो मतान्तरले अग्रता लिइरहेका कांग्रेसका उमेदवार चिरीबाबु महर्जन ३२६ मतले एमालेका उमेदवार हरिकृष्ण व्यञ्जनकारलाई पछि पार्दै मेयरमा निर्वाचित भएका हुन् ।
९ जेठ राति करिब २ बजे घोषित मत परिणाम अनुसार महर्जनले २४,६४२ मत प्राप्त गरे भने एमालेका व्यञ्जनकारले २४,३१६ मत प्राप्त गरे ।
साझा पार्टीका उम्मेदवार रमेश महर्जनले १३,४५८ मत पाए।
त्यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकी गीता सत्याल १९,८१९ मत ल्याएर निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४,२४० मत प्राप्त गरिन् ।
Source: http://himalkhabar.com/news/3761