अन्नपुर्ण पोस्ट, ९ असोज २०७४
रसुवाः लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटक आउन क्रम शुरु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका पर्यटक अभिलेखकर्ता केशवराज भेटवालका अनुसार गत तीन दिनयता यस क्षेत्रमा १८० भन्दा बढी पर्यटक भित्रिसकेका छन्।
दैनिक ६० भन्दा बढी पर्यटक अहिले यहाँ आउन थालेका छन्। साउनदेखि प्रायः सुनसान रहेको लाङटाङ र गोसाइँकुण्डमा पर्यटकको आगमन बढेसँग पर्यटन व्यवसायीमा उत्साह छाएको छ।
स्रोत:
http://annapurnapost.com/news-details/81040