लोन्ली प्लानेटले तयार पारेको १० उत्कृष्ट सहरको सूचीमा काठमाडौं ५ नम्बरमा

October 23, 2018

कान्तिपुर दैनिक, कार्तिक ६,२०७५ 

काठमाडौँ — संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी 'लोन्ली प्लानेट' ले सन् २०१९ मा यात्रा गर्नको लागि सुझाएको १० उत्कृष्ट सहरमा काठमाडौं पनि परेको छ । 

लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायक उत्कृष्ट सहरहरुको सूचीमा काठमाडौं पाचौं नम्बरमा परेको हो। अमेरिकी ट्राभल गाइड बुक तथा ट्राभल वेबसाइट लोन्ली प्लानेटले हरेक वर्ष घुम्न लायक उत्कृष्ट गन्तव्यहरुको सूची प्रकाशन गर्दै आएको छ।

सुझाइएको १० उत्कृष्ट सहरको तालिकामा पहिलो नम्बर डेनमार्कको राजधानी कोपनहेगनले ओगटेको छ। दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभि साद, चौथोमा अमेरिकाको मियामी सहर छ।सुझाइएको १० उत्कृष्ट सहरको तालिकामा पहिलो नम्बर डेनमार्कको राजधानी कोपनहेगनले ओगटेको छ। दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभि साद, चौथोमा अमेरिकाको मियामी सहर छ।

यस्तै पाँचौंमा काठमाडौं, छैटौंमा मेक्सिको सिटी, सातौंमा सेनेगलको डकार, आठौंमा अमेरिकाकै सियाटल, नवौंमा क्रोयसियाको जदर र दशौंमा मोरक्कोको मेकनेस सहर परेको छ।

२०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सम्पादाहरुको पुनर्निर्माणको जारी रहेको र कतिपय सम्पदाहरु पुरानै अवस्थामा फर्किसकेकोले काठमाडौं घुम्न लायक सहर भएको लोन्ली प्लानेटले उल्लेख गरेको छ। लोन्ली प्लानेटले अव्यस्थित सवारी व्यवस्थापनका लागि बदनाम भएको काठमाडौँ शहर अहिले हर्न निषेध गरिएकाले राम्रो बनेको र विद्युत आपूर्ति भरपर्दो भएको तथा वाइफाइ कनेक्सन बिस्तारले घुम्न सहज हुने बताएको छ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/10/23/154027576526566030.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More