विकास उद्यमीद्वारा विकास तथ्यांकसम्बन्धि भिडियोहरू सार्वजनिक

November 14, 2017

पहिलो पोस्ट, २८ कात्तिक २०७४

काठमाडौं: केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले सोमबार नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गर्‍यो। सार्वजनिक भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेको थियो।

केन्द्रिय तथ्यांक विभागका महानिर्देशक श्री सुमन राज अर्यालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोले। उनले प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए। कार्यक्रममा देखाइएका भिडियोहरूले गरिबी र असमानता, जनसांखिकिय लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन्। ती भिडियोहरूले नेपालको मुख्य विकास मुद्धाहरूमा मानिसहरूको इच्छा जघाउन तथा त्यसमा प्रश्ठ पार्ने पनि लक्ष लिएको छ।

भिडियो सार्वजनिक कार्यक्रममा ग्यापमान्डर फाउन्डेसन स्वीडेनबाट आएका फरनान्डा ड्रुमोन्ड र मिस्टर ओलभले सत्यतामा आधारित दृष्टिकोण कसरी बनाउने भन्ने बारे बोले। भिडियोहरूको निर्माण दि एसिया फाउन्डेसनले अन्य विकास अभियानहरू र युके डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलपमेन्ट मार्फत लागु गरिएको ‘नेपालको विकासको लागि डाटा’ कार्यक्रममार्फत बनाइएको हो त्यसले समग्रमा नेपालमा डाटा र तथ्यांकको माध्यमबाट तथ्यमा आधारित नीति निर्माणमा भूमिका खेल्ने विश्वास विकास उद्यमीले राखेको छ।

स्रोत: http://www.pahilopost.com/content/-42026.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More