न्युज मिसाइल, २९ कार्तिक २०७४
केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ ।
उक्त भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा छर्रलंग पारेको छ।
पाटनढोकाको अशोक हलमा नेपाल इन डाटा इभिनिङ नामक एक कार्यक्रम आयोजना गरी ति भिडियोहरू सार्वजनिक गरिएको हो । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक श्री सुमन राज अर्यालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनु पर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू जस्तै गरिबी र असमानता, जनसांखिकिय लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा, उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन् ।
भिडियोहरू विश्व चर्चित तथ्यांकशास्त्री तथा ग्यापमाइन्डर फाउन्डेसनका संस्थापक हान्स रोसलिङका भिडियोहरूबाट प्रभावित छन् । कार्यक्रममा ग्यापमान्डर फाउन्डेसन स्वीडेनबाट आएका फरनान्डा ड्रुमोन्ड र मिस्टर ओलभले सत्यतामा आधारित दृष्टिकोण कसरी बनाउने भन्ने बारेमा लेक्चर दिएका थिए ।
लेक्चर शुरु हुनुभन्दा पहिला दर्शकहरूलाई नेपालको विकास र यसका विभिन्न पक्षहरूको बारेमा के कति जानकारी र ज्ञान छ भन्ने जाँच्न प्रश्नहरू पनि सोधिएको थियो।
कार्यक्रममा सहभागी हुनेहरूलाई डिजिटल डिभाइस मार्फत प्रत्यक्ष सहभागी समेत गरिएको थियो ।ती भिडियोहरूले नेपालको मुख्य विकास मुद्धाहरूमा मानिसहरूको इच्छा जघाउन तथा त्यसमा प्रश्ठ पार्ने पनि लक्ष लिएको छ ।
आफ्नो नेपाल इन डाटा अभियान अन्तर्गत विकास उद्यमी www.nepalindata.com नामको वेबसाट संचालन गरिरहेको छ जसले नेपालमा उपलब्ध भएका डाटाहरूको प्रयोग र पँहुच बढाउनको लागि पहल गरिरहेको छ ।
नियमित रूपमा इन्फोग्राफिक्स, समाचार र डाटासेटहरू प्रकाशित गर्दै डाटा साक्षरतामा सुधार गर्ने लक्ष यसले लिएको छ । उक्त कार्यक्रममा देखाइएका भिडियोहरू यो https://www.youtube.com/channel/UCyh6JxX6AEW4EmPBQwonkuA/video लिंक बाट हेर्न सकिन्छ ।
उक्त भिडियोहरूको निर्माण दि एसिया फाउन्डेसनले अन्य विकास अभियानहरू र युके डिपार्टमेन्ट फर इन्टरनेसनल डिभलपमेन्ट मार्फत लागू गरिएको ‘नेपालको विकासको लागि डाटा’ कार्यक्रम मार्फत बनाइएको हो ।
त्यसले समग्रमा नेपालमा डाटा र तथ्यांकको माध्यमबाट तथ्यमा आधारित नीति निर्माणमा भूमिका खेल्ने लक्ष लिएको छ । यस विषयमा धेरै कुरा जान्नु छ भने यहा क्लीक गर्नुहोस् www.bikasudhyami.com