विदेशिने अधिकांश कामदार अदक्ष

February 12, 2020

अन्नपूर्ण पोष्ट, माघ २९, २०७६ 

ओखलढुंगा : जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अदक्ष रहेको पाइएको छ। रोजगारमा जानेमध्य १ प्रतिशत मात्रै दक्ष रहेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। विदेशिने प्रायः सबै अदक्ष कामदारका रूपमा श्रम गन्तव्य मुलुक पुग्ने गरेका छन्। चालु आर्थिक वर्ष जिल्लाबाट तालिम लिएर जानेमा एक जना मात्रै रहेको ओखलढुंगा आप्रवासी सूचना कक्षले जनाएको छ।

दक्ष कामदार न्यून भएपछि सो कक्षले चालु आर्थिक वर्षमा २० जनालाई सहजीकरण पश्चात तालिममा पठाएको छ। खाडी मुलुक जाने दक्ष कामदारको अभिलेख नभटिएको कक्षकी प्रमुख यमुना धमलाले बताइन्। तालिम बिना रोजगारमा गएकाले जोखिम व्यहोर्नुपर्ने मात्रै होइन, तलब नभएका गुनासो बढिरहेको छ।

एक दशकयता जिल्लाबाट रोजगारीका लागि बिदेसिने महिलाको संख्या बढेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५/०६६ मा १९ महिला रोजगारीका लागि बिदेसिएकामा २०७४/०७५ मा तीन सय २१ पुगेका छन्। एक दुई दिनको अभिमुखीकरण बाहेक सीपमूलक तालिम नलिएका महिला धेरै छन्। उनीहरूले वैदेशिक रोजगारमा जान एक दुई दिने अभिमुखीकरण गरेको प्रमाण पत्र गरे पनि सीपभने नसिक्दा महिला बढी जोखिममा गपर्न थालेको धमलाले सुनाइन्।

पुरुषको संख्या पनि बर्सेनि बढ्दो क्रममै छ। आव २०६५/०६६ मा जिल्लाबाट एक हजार ५ सय ६ जना पूरुष रोजगारीका लागि विदेशिएकामा आव २०७४/०७५ मा तीन हजार दुई सय ५२ बाहिरिएका छन्। आव २०७१/०७२ मा सबैभन्दा बढी ४ हजार १ सय ५६ पुरुष रोजगारीका लागि विदेशिएका छन्। आव ०७२/७३ र ०७३/७४ मा संख्या केही घटेको देखिन्छ।

‘बीचमा सँख्या घट्नुको पछाडी अधिकांश नेपालीहरु जाने मलेसिया त्यतिबेला बन्द भएकोले हो।’ जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी सूचना कक्षकी प्रमूख धमलाले भनिन्, ‘मलेसिया खुल्ने बित्तिकै फेरी संख्या बढ्न थालेको छ।’ सूचना कक्षले वैदेशिक रोजगारीमा जान चाहनेका लागि परामर्श तथा सूचनामा सहयोग गर्दै आएको छ। चालु आवमा साउनदेखि माघ १५ सम्म आठैवटा स्थानीय तहका १ हजार ७ सय ४३ जनालाई परामर्श तथा सूचना दिएको अभिलेख छ।

कक्षमा दर्ता भएका ६ वटा वैदेशिक रोजगार सम्बन्धि उजुरी मध्ये चारवटा उजुरीको सफलतापूर्वक समस्या समाधान भएका छन्। दुईवटा प्रक्रियामा छन्। सफल भएका घटनामध्ये विदेशमै मृत्यु भएको कामदारको बीमा रकम दिलाइएको र ठगी भएको रकम, कब्जा भएको राहदानी सहित फिर्ता दिलाएको धमलाले बताइन्। वैदेशिक राजेगारीमा जाने संख्यालाई निरुत्साहित गर्ने सरकारी निति अनुसार जिल्लाका स्थानीय तहहरुले समेत कार्यक्रम बनाएका छन्।

तालिम र अनुदान स्थानीय सरकारको प्रथामिकतामा

विदेशबाट फर्किएर कृषिमा लागेकालाई ५० हजार सम्म अनुदान दिने कार्यक्रम रहेको मोलुङ गाउँपालिका प्रमूख मणिराज राईले बताए। खिजिदेम्बा गाउँपालिकाले पनि स्वरोजगार बन्न चाहने युवा जनशक्तिलाई वित्तिय संस्थाहरुसँगको समन्वयमा ब्याजमा अनुदान दिने गरेको गाउँपालिका प्रमूख वेदबहादुर रोकाले बताए। प्रमूख जिल्ला अधिकारी गणेश आचार्यले रोजगारीकै लागि विदेशिने युवाहरुलाई पनि कम्तिमा तालिमप्राप्त बनाएर सुरक्षित आप्रवासनको माध्यमबाट पठाउन सकिए देशका लागि उपलब्धि हुने बताए। त्यस्ता दक्ष जनशक्ति पछि विदेशबाट फर्किए।

स्रोत: http://annapurnapost.com/news/147838

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More