विमान दुर्घटनाबारे जानकारी लिन उड्डयन मन्त्रीसहितको उच्चस्तरीय बंगलादेशी टोली काठमाडौं आउँदै

March 13, 2018

चन्द्रशेखर अधिकारी, कान्तिपुर, फाल्गुन २९, २०७४

काठमाडौँ — सोमबार काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त यूस बंगला विमान बारे जानकारी लिन बंगलादेशका नागरिक उड्डयन तथा पर्यटन मन्त्री एकेएम शाहाजहान कमालसहितको एक उच्चस्तरीय टोली नेपाल आउन लागेको छ ।

 

 

बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले पठाएको उक्त टोली अहिले केहीबेरमै त्रिभुवन विमानस्थलमा अवतरण गर्दै छ। टोलीले यूस बंगला विमान दुर्घटनामा परी घाइते भएकाहरुको उपचार तथा दिवंगत भएकाहरुका बारे औपचारिक जानकारी लिने बताइएको छ। यस्तै विदेशमन्त्रीसहतिको उच्चस्तरीय टोलीले विमान दुर्घटनाका कारण बारे पनि यहाँका अधिकारीहरुसँग छलफल गर्ने बताइएको छ।

हिजो दुर्घटनाग्रस्त भएको विमानमा ३३ नेपाली, ४ जना चालकदलका सदस्यसहित ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक सवार थिए। जसमध्ये ४९ जनाको मृत्यु भएको थियो।

स्रोत: www.kantipurdaily.com/news/2018/03/13/20180313102351.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More