शे-फोक्सुन्डो तालको गहिराई पुनःमापन गरिने

February 16, 2018

रामचन्द्र न्यौपाने, नयाँ पत्रिका, फागुन ४, २०७४

डोल्पामा पर्ने नेपालकै सबैभन्दा गहिरो शे–फोक्सुन्डो तालको गहिराई पुनःमापन गरिने भएको छ ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा पर्ने ६ सय ५० मिटर गहिरो उक्त तालको गहिराई पुनःमापन गरिने जल तथा मौसम बिज्ञान बिभागले जानकारी दिएको छ ।

उक्त तालको गहिराई मापन पहिलो पटक बि.स २०३६ सालमा भएको भनिएतापनि हाल यसको तथ्याङ्क कतै भेटिएको छैन । सन् २००४ मा व्याथिमेट्रिक सर्बे बिधिबाट बैज्ञानिक अध्ययन गर्दा उक्त तालको जम्मा गहिराई १ सय २५ मिटर मात्र भएको तथ्यांक जल तथा मौसम बिज्ञान बिभागमा पेश गरिएपछि नेपालको गहिरो ताल नभएको भनेर विवादमा आएको थियो ।

दुर्गम जिल्लाका सर्बसाधारणलाई जानकारीनै नदिई छलकपट गरी बिभागका कर्मचारीको मिलेमतोमा तालको गहिराई मापन गरी नेपालको गहिरो ताल नभएको भनेर प्रचार गरिएको भन्दै स्थानीयले आपत्ति जनाएका छन् ।

स्रोत: www.enayapatrika.com/2018/02/16/24404/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More