सडक दुर्घटनामा दैनिक ५ को मृत्यु, ३१ जना घाइते

June 21, 2018

मातृका दाहाल, कारोबार, बिहिवार, असार ७, २०७५

१ जना ट्राफिकको भागमा ८ सय सबारी, १.५ किमि सडक

१ वर्षको अवधिमा सडक दुर्घटनामा परी २ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । 
नेपाल प्रहरीका अनुसार आव २०७४/७५ साउन देखि जेठ मसान्त सम्मको अवधिमा मुलुकभर भएका ९ हजार ९ सय ८९ सबारी दुर्घटनामा २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ११ हजार ३ सय १० जना घाइते भएका छन् ।
यो अनुपातमा सडक दुर्घटनाबाट मात्र दैनिक ५ जनाको मृत्यु र ३१ जना घाइते हुने गरेका छन् ।
दुर्घटनाको आधा भन्दा बढी हिस्सा उपत्यकाका ३ जिल्लाले ओगटेको महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख एसएसपी वशन्त पन्तले बताए । ११ महिनाको सबारी दुर्घटनामध्ये उपत्यकामा मात्रै ५ हजार ७ सय ८१ वटा दुर्घटनामा परी १ सय ६८ जनाको मृत्यु र ४ हजार ९९ जना चालक तथा पैदलयात्रु घाइते भएका छन् ।
आव २०७२/७३ र २०७३/७४ मा सडक दुर्घटनााम परी देशभर ४ हजार ३ सय ९० जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ८० प्रतिशत भन्दा बढी ३० वर्ष भन्दा कम उमेर समूह रहेको प्रहरीको तथ्यांक छ । ५४ प्रतिशत दुर्घटना २४ देखि ४० वर्ष उमेरका चालकबाट हुने गरेको देखिएको छ ।
खासगरी दुर्घटनामा चालकको लापरबाही, तिब्र गति, मादकपदार्थ सेवक, यान्त्रिक गडवढी, ओभरटेक, पैदलयात्रुको लापरबाही, सडकको दुरावस्था, प्रतिकूल मौमि तथा चौपाया रहेको प्हरीले जनाएाके छ ।
“चालू आवको ११ महिनामा देशघरको दुर्घटना संख्या हेर्ने हो भने आधा हिस्सा उपत्यकाले आगट्छ,” एसएसपी पन्त भन्छन्, “यसलाई न्युनिकरण गर्न सकिएन भने सबारी दुर्घटनाले आगामी दिनमा थप विकराल रुप लिन सक्छ ।”
काठमाडौं महानगपालिकाका प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले सडक दुर्घटनाको मूख्य कारण चालक, पैदल यात्रु र अव्यवस्थित पूर्वाधार मुख्य कारण रहेको बताउँछन् ।
“चालकमा बाँदरे बाँदरे प्रवृत्ति हावी छ, जसरीपनि नियम उल्लंघन गर्नैपर्ने सोच व्याप्त छ,” महानगरीय ट्राफिक प्रहरी महाशाखाले आयोजना गरेको कार्यक्रममा कोइरालाले भने, “यसका अलवा चालकमा सडक अनुशासन मान्नु नपर्ने सोच र सडक संरचनाको अस्तव्यस्त अवस्था सबारी दुर्घटना र सडक दण्डहिनताका आधार बनेका छन् ।”
कोइरालाले ३० किमि क्षेत्रताको सडकमा ९० किमि सम्मको स्पीडमा सबारी गुडाउने प्रवृत्ति नहटेसम्म कुनै एउटा पक्षले मात्रै सडक अनुशासन कायम गरेर नहुने बताए ।
“३० किमि स्पीड धान्न नसक्ने सडकमा मृत्यु नै जितुँला झैँ गेर ९० किमिको स्पीडमा गुडाउँछन्, अली पर पुगेपछि दुर्घटना भयो भन्ने समाचार सुन्नुपर्छ,” कोइरालाले भने, “हामी सडक प्रयोगकर्ता र अनुशासन पालनाकर्ता कानुन तोड्दा रमाउँछौं, जथाभावी गर्नपाए खुसी हुन्छौं, जिम्मेवारी बोध गर्न नपाए हुन्थ्यो भन्छौं, यसले सडकको सभ्यतालाई अनुशासनहीनता र असभ्यतामा रुपान्तरण गरिरहेको छ ।”
यातायात व्यवस्था विभागका अनुसार देशभर ३० लाख ५२ हजार ३ सय ९७ सबारी दर्ता भएकोमा बागमती अञ्चलमा मात्रै १० लाख ७२ हजार ८ सय ५६ सबारी छन् ।
बागमति अञ्चलको हिस्सामा पनि ८० प्रतिशत भन्दा बढी सबारी उपत्यकामा गुड्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । उपत्यकामा गुड्ने सबारीको तुलनााम सडक क्षमता भने कमजोर र गुणस्तरहीन छ ।
काठमाडौंमा गुड्ने सबारीका लागि २ हजार १४ किमि मात्रै सडक छ । यो सडक व्यवस्थापनका लागि १ हजार ८५ ट्राफिक प्रहरी स्थायी रुपमा सडक व्यवस्थापनमा खटिने गरेका छन् । यो अनुपात अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै कम हो । १ जना ट्राफिकको भागमा १.५ किमि सडक र १ हजार भन्दा बढी सबारी साधन व्यवस्थापन जिम्मा गर्नुपर्छ ।सडक दुर्घटनामा दैनिक ५ को मृत्यु, ३१ जना घाइते 
१ जना ट्राफिकको भागमा ८ सय सबारी, १.५ किमि सडक
मातृका दाहाल
काठमाडौं, ७ असार
१ वर्षको अवधिमा सडक दुर्घटनामा परी २ हजार ३ सय भन्दा बढीले ज्यान गुमाएका छन् । 
नेपाल प्रहरीका अनुसार आव २०७४/७५ साउन देखि जेठ मसान्त सम्मको अवधिमा मुलुकभर भएका ९ हजार ९ सय ८९ सबारी दुर्घटनामा २ हजार ३ सय १८ जनाले ज्यान गुमाएका हुन् । दुर्घटनामा परी ११ हजार ३ सय १० जना घाइते भएका छन् ।
यो अनुपातमा सडक दुर्घटनाबाट मात्र दैनिक ५ जनाको मृत्यु र ३१ जना घाइते हुने गरेका छन् ।
दुर्घटनाको आधा भन्दा बढी हिस्सा उपत्यकाका ३ जिल्लाले ओगटेको महानगरीय ट्राफिक महाशाखाका निमित्त प्रमुख एसएसपी वशन्त पन्तले बताए । ११ महिनाको सबारी दुर्घटनामध्ये उपत्यकामा मात्रै ५ हजार ७ सय ८१ वटा दुर्घटनामा परी १ सय ६८ जनाको मृत्यु र ४ हजार ९९ जना चालक तथा पैदलयात्रु घाइते भएका छन् ।
आव २०७२/७३ र २०७३/७४ मा सडक दुर्घटनााम परी देशभर ४ हजार ३ सय ९० जनाले ज्यान गुमाएका थिए । मृत्यु हुनेमा ८० प्रतिशत भन्दा बढी ३० वर्ष भन्दा कम उमेर समूह रहेको प्रहरीको तथ्यांक छ । ५४ प्रतिशत दुर्घटना २४ देखि ४० वर्ष उमेरका चालकबाट हुने गरेको देखिएको छ ।
खासगरी दुर्घटनामा चालकको लापरबाही, तिब्र गति, मादकपदार्थ सेवक, यान्त्रिक गडवढी, ओभरटेक, पैदलयात्रुको लापरबाही, सडकको दुरावस्था, प्रतिकूल मौमि तथा चौपाया रहेको प्हरीले जनाएाके छ ।
“चालू आवको ११ महिनामा देशघरको दुर्घटना संख्या हेर्ने हो भने आधा हिस्सा उपत्यकाले आगट्छ,” एसएसपी पन्त भन्छन्, “यसलाई न्युनिकरण गर्न सकिएन भने सबारी दुर्घटनाले आगामी दिनमा थप विकराल रुप लिन सक्छ ।”
काठमाडौं महानगपालिकाका प्रमुख कार्यकारी अधिकृत यादव कोइरालाले सडक दुर्घटनाको मूख्य कारण चालक, पैदल यात्रु र अव्यवस्थित पूर्वाधार मुख्य कारण रहेको बताउँछन् ।
“चालकमा बाँदरे बाँदरे प्रवृत्ति हावी छ, जसरीपनि नियम उल्लंघन गर्नैपर्ने सोच व्याप्त छ,” महानगरीय ट्राफिक प्रहरी महाशाखाले आयोजना गरेको कार्यक्रममा कोइरालाले भने, “यसका अलवा चालकमा सडक अनुशासन मान्नु नपर्ने सोच र सडक संरचनाको अस्तव्यस्त अवस्था सबारी दुर्घटना र सडक दण्डहिनताका आधार बनेका छन् ।”
कोइरालाले ३० किमि क्षेत्रताको सडकमा ९० किमि सम्मको स्पीडमा सबारी गुडाउने प्रवृत्ति नहटेसम्म कुनै एउटा पक्षले मात्रै सडक अनुशासन कायम गरेर नहुने बताए ।
“३० किमि स्पीड धान्न नसक्ने सडकमा मृत्यु नै जितुँला झैँ गेर ९० किमिको स्पीडमा गुडाउँछन्, अली पर पुगेपछि दुर्घटना भयो भन्ने समाचार सुन्नुपर्छ,” कोइरालाले भने, “हामी सडक प्रयोगकर्ता र अनुशासन पालनाकर्ता कानुन तोड्दा रमाउँछौं, जथाभावी गर्नपाए खुसी हुन्छौं, जिम्मेवारी बोध गर्न नपाए हुन्थ्यो भन्छौं, यसले सडकको सभ्यतालाई अनुशासनहीनता र असभ्यतामा रुपान्तरण गरिरहेको छ ।”
यातायात व्यवस्था विभागका अनुसार देशभर ३० लाख ५२ हजार ३ सय ९७ सबारी दर्ता भएकोमा बागमती अञ्चलमा मात्रै १० लाख ७२ हजार ८ सय ५६ सबारी छन् ।
बागमति अञ्चलको हिस्सामा पनि ८० प्रतिशत भन्दा बढी सबारी उपत्यकामा गुड्ने गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । उपत्यकामा गुड्ने सबारीको तुलनााम सडक क्षमता भने कमजोर र गुणस्तरहीन छ ।
काठमाडौंमा गुड्ने सबारीका लागि २ हजार १४ किमि मात्रै सडक छ । यो सडक व्यवस्थापनका लागि १ हजार ८५ ट्राफिक प्रहरी स्थायी रुपमा सडक व्यवस्थापनमा खटिने गरेका छन् । यो अनुपात अन्तर्राष्ट्रिय मापदण्ड भन्दा धेरै कम हो । १ जना ट्राफिकको भागमा १.५ किमि सडक र १ हजार भन्दा बढी सबारी साधन व्यवस्थापन जिम्मा गर्नुपर्छ ।

स्रोत: https://karobardaily.com/news/society/6958

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More