कान्तिपुर दैनिक, ११ भाद्र २०७४
सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स विना सवारी चलाउन पाइदैन । ट्राफिक कारवाहीमा परेर बर्षेनी लाइसेन्स तथा सवारी दर्ता किताव (ब्लु बुक) खारेजीको प्रकृयामा पनि जान्छन । तर समन्वय र एकिकृत तथ्याङ्क नहुँदा दोषीलाई कारवाही नहुँने र दोहोरो लाइसेन्स लिने प्रवृति बढ्न थालेको छ।
महानगरीय ट्राफिक महाशाखाको दराजमा सयौं लाइसेन्स तथा ब्लु बुक थन्किएको महिनौं भैसक्यो । मापसे कार्वाहीमा परेपछि लिनै नगएका २० हजार लाइसेन्स तथा ब्लुक अहिले पनि ट्राफिक महाशाखामा छन । मापेस बाहेक अन्य कसुरमा कार्वाहीमा परेकाहरु समेत वर्षौसम्म लाइसेन्स लिन जाँदैनन । पछिल्लो एक वर्षमा मात्रै ट्राफिक महाशाखाले ६९ हजार लाइसेन्स तथा ब्लुबुक खारेजीका लागि यातायात कार्यलय पठाइसकेको छ ।
एउटा अञ्चलबाट लिइएको लाइसेन्सको रेकर्ड अर्को अञ्चलमा नहुने भएपछि एक ठाँउमा कार्वाही भए लाइसेन्स त्यही छाडने र अञ्चलबाट प्रतिलिपि निकाल्ने प्रवृतिका कारण हजारौं लाइसेन्स ट्राफिक महाशाखामा थुप्रिएका हुन ।
सवारी चालक जस्तो महत्वपुर्ण कागजातको एकिकृत तथ्याङ्क नहुँदा कारवाही फितलो हुनेदेखि दोहोरो लाइसेन्स लिने सम्मका प्रवृति बढ्न थालेका हुन । एकातिर दुरुपयोग हुने र अर्कोतिर हजारौं प्रमाणपत्रहरु त्यसैखेर गैरहेको तर्फ लाइसेन्स बहाक पनि सचेत हुन जरुरी छ ।
स्रोत:
http://annapurnapost.com/news/78651