News

सर्वाधिक कर तिर्नेमा दूरसञ्चार को वर्चस्व

February 26, 2018

निरु अर्याल, कारोबार, सोमवार, फाल्गुन १४, २०७४

दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू एनसेल र नेपाल टेलिकमलाई पछ्याउँदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाएका छन् । यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन् ।

यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमारहेको ठूला करदाताको कार्यालयले जनाएको छ ।  दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू एनसेल र नेपाल टेलिकमलाई पछ्याउँदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा बढी कर बुझाएका छन् । यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन् । यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमारहेको ठूला करदाताको कार्यालयले जनाएको छ ।  एनसेल, नेपाल टेलिकम, सूर्य नेपाल, गोरखा ब्रुअरी, नबिल र नेपाल इन्भेष्टमेन्ट बैंक गत वर्ष पनि सर्वाधिक कर तिर्ने करदाताको सूचीमा सूचिकृत कम्पनी हुन् । यो अवधिमा यी कम्पनीसहित ११ वटा कम्पनी धेरै कर तिर्ने  करदाताको सूचीमा परेका छन् । ठूला करदाता कार्यालयका अनुसार गत पुससम्म एनसेलले मूल्य अभिवृद्धि कर (भ्याट), आयकर, अग्रिम करकट्टी (टीडीएस) र बोनस गरी ८ अर्ब रुपैयाँ कर राज्यलाई बुझाएको छ । गत आर्थिक वर्षभरीमा एनसेलले २३ अर्ब रुपैयाँ कर सरकारलाई बुझाएको थियो । कार्यालयका अनुसार ६ महिनामा नेपाल टेलिकमले ६ अर्ब रुपैयाँभन्दा बढी कर बुझाएको छ । टेलिकमले भ्याट, टीडीएस र आयकर गरी सरकारलाई यो रकम बुझाएको हो भने टेलिकमबाट लाभांशको यकिन विवरण भने आइसकेको छैन । यस्तै, बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालिले पनि ३ अर्ब रुपैयाँभन्दा बढी कर राज्यलाई बुझाएको छ । सूर्य नेपालले भ्याट, टीडीएस र आयकर सरकारलाई बुझाएको हो । करदाता कार्यालयका अनुसार गोरखा ब्रुअरीले पनि भ्याट, टीडीएस, र आयकर गरी सरकारलाई १ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । दुवै कम्पनीको विवरण अन्तशुल्कबाहेकको विवरण हो । कार्यालयका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा धेरै कर बुझाउने करदाताको सूचीमा ६ बटा बैंक परेका छन् । यस अवधिमा नेपाल इन्भेष्टमेन्टले १ अर्ब ५० करोड रुपैयाँ कर बुझाएको छ ।  चालू आवको छ महिनाको तथ्यांकअनुसार यो बैंक यस अवधिमा धेरै कर बुझाउने बैंकको सूचीमा अग्रस्थानमा परेको छ । इन्भेष्टमेन्ट बैंकले भ्याट, आयकर र टीडीएस गरी उक्त रकम राज्यलाई बुझाएको हो । यस्तै नबिल बैंकले करिब १ अर्ब रुपैयाँ कर बुझाएको कार्यालयले जनाएको छ । नबिलले भ्याट, टीडीएस र आयकर गरी सरकारलाई १ अर्ब रुपैयाँ बढी बुझाएको कार्यालयले जनाएको छ । यस अवधिमा ग्लोबल, हिमालयन, राष्ट्रिय वाणिज्य, कृषि विकास बैंक र नेपाल वायुसेवा निगमले बुझाएको रकम पनि १ अर्ब रुपैयाँको हाराहारीमा छ । कार्यालयका अनुसार यो वर्ष पनि यीनै कम्पनी सर्वाधिक कर तिर्नेको सूचिमा पर्ने संकेत देखिएको छ । यद्यपि, अहिलेसम्म कम्पनीको सबै विवरण आइसकेको छैन । ठूला करदाता कार्यालयका एक उच्च अधिकारी भन्छन्, “सबैजसो कम्पनीको पूर्ण विवरण आइसकेको छैन, त्यो विवरणसमेत जोडेपछि केही तलमाथि हुन सक्छ, तर यो वर्ष पनि यिनै कम्पनी सर्वाधिक कर तिर्नेको सूचीमा पर्ने मोटामोटी देखिएको छ ।” कार्यालयले कार्यालयले चालू आवको ६ महिनामा ६८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर यस अवधिमा ६६ अर्ब रुपैयाँ अर्थात लक्ष्यभन्दा २ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा १ खर्ब ५४ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । यता चालू आर्थिक वर्षका लागि सरकारले ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यसमध्ये चालू आर्थिक वर्षको पहिलो सात महिनासम्म कुल राजस्व ३ खर्ब ८६ अर्ब ९९ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

स्रोत: https://karobardaily.com/news/economy/2693