सल्यानमा याे बर्ष ३३ करोडको सुन्तला उत्पादन

January 20, 2018

नागरिक दैनिक, ०६ माघ २०७४

सल्यानमा यो बर्ष ३३ करोडको सुन्तला उत्पादन भएको छ। सुन्तला सुदृढीकरण अभियानअन्तर्गत बगँैचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि र अनुकूल वातावरण मिलेपछि गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको हो।

यो वर्ष सल्यानमा  ३३ करोड ४ लाख ८० हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानले जनाएको छ। 

यो वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको बोटबाट ७ हजार ३४४ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिए। 

गत वर्ष एक हजार आठ हेक्टर क्षेत्रफलमा मात्र सुन्तला लगाइएको थियो, उनले भने, “किसानले बोटमा लामो समयसम्म दाना राख्ने गरेका कारण सुन्तला एक वर्ष बढी फल्ने र एक वर्ष कम फल्ने गर्दछ तर सुन्तलाको उत्पादन क्षेत्र बढिरहेकाले पनि उत्पादन प्रतिशत बढेको हो।” 

सल्यानमा गत वर्ष २९ करोड ८१ लाख ३२ हजार मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो। उत्पादित सुन्तलामध्ये करिब ७५ प्रतिशत सुन्तला जिल्लाबाहिर निकासी भएको वरिष्ठ कृषि विकास अधिकृत शर्माले बताए।

“जिल्लामा उत्पादित सुन्तलाले सोचेभन्दा राम्रो बजार पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषकको मोह बढिरहेको छ,” उनले भने – बेलाबेलामा असिनापानीले सुन्तलामा केही क्षति पु¥याउने भएकाले कृषकले यसको बीमामा जोडदिनुपर्दछ। 

सल्यानमा उत्पादित सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगञ्ज, धनगढी, महेन्द्रनगरमा बिक्री भइरहेको शर्माले बताए।   (रासस)

स्रोत: http://www.nagariknews.com/news/35426/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More