सवारी दुर्घटनामा वार्षिक दुई हजारले ज्यान गुमाउँछन्

February 06, 2018

आर्थिक अभियान, २३ माघ २०७४

काठमाडौं । नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्याङ्कअनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट आठ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा एक हजार ७ सय ८७, ०७१/७२ मा दुई हजार चार, ०७२/७३ मा दुई हजार छ, ०७३/७४ मा दुई हजार ३ सय ८४ र ०७४/७५ को कात्तिक मसान्तसम्म अर्थात चार महीनामा ८ सय १ जनाको ज्यान गएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक मनोज नेउपाने साँघुरो बाटो र कमजोर पूर्वाधार हुँदा वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेको बताउँछन् । ‘दुर्घटना हुनेमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्”– उनी भन्छन् ।

आव ०७०/७१ मा आठ हजार ४ सय ६, ०७१/७२ नौ हजार १ सय ४५, ०७२/७३ मा १० हजार १३, ०७३/७४ मा १० हजार १ सय ७८ र ०७४/७५ को कात्तिक मसान्तअर्थात चार महीनामा तीन हजार २९ दुर्घटना भएका छन् ।

सवारीसाधन बढेसँगै दुर्घटना समेत बढ्दै गएको तथ्याङ्कले देखाउँछ । दुर्घटनामध्ये अधिकांश चालकको लापर्बाहीले हुने गरेको छ । त्यसपछि क्रमशः तीव्र गति, ओभरटेक, यात्रुको गल्ती, यान्त्रिक गडबडी, मादकपदार्थ सेवन र ओभरलोडबाट दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ ।

स्रोत: www.abhiyan.com.np/2018/02/06/177305

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More