News

साउदीले अमेरिकासँग ३५० अर्ब डलरको हतियार किन्ने

May 22, 2017

Karobar daily, 22nd May 2017, Agency, Riyadh

अमेरिकाले साउदी अरेबियासँग ३५० अर्ब डलरको हतियार सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी भ्रमणको समयमा यो सम्झौता भएको हो । यसले दुई मुलुकबीचको दशकौं लामो सम्बन्धलाई बलियो बनाएको ह्वाइट हाउसले जनाएको छ । 

सम्झौताअनुसार आगामी १० वर्षको अवधिमा साउदी अरेबियाले अमेरिकासँग ३ सय ५० अर्ब डलरको हतियार खरिद गर्नेछ । १ सय १० अर्ब डलरको सम्झौता भने तत्काल हुने भएको छ ।

साउदीले आर्थिक सुधारलाई पनि जोड दिँदै आएको छ । देशको यो प्रयासलाई सफल बनाउनका लागि साउदीले अमेरिकी कम्पनीहरूसँग १० औं अर्ब डलरको सम्झौता पनि गरेको छ ।

विश्वकै ठूलोमध्ये मानिएको लकहिड मार्टिनसँगको प्राविधिक सम्झौता अमेरिका साउदीको सम्झौतामा परेकोे छ । यो सम्झौताले आगामी २०३० सम्मको अवधिमा हजारौ उच्च सीपको रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

ट्रम्पको भ्रमण साउदीका लागि कूटनीतिक र सार्वजनिक हुने बताइएको छ । यो सम्झौता ३१ वर्षे युवराज मोहमद बिन सलमानका लागि महŒवपूर्ण उपलब्धि भएको देखिएको छ । सेप्टेम्बर ११ मा भएको आक्रमणपछि अमेरिका–साउदीबीचको साझेदारी विवादमा पर्दै आएको थियो ।

अमेरिकी हतियार बिक्रीका लागि साउदी प्रमुख गन्तव्य हँुदै आएको छ । २०११ देखि २०१५ को अवधिसम्म अमेरिकाले गरेको हतियारको बिक्रीमा साउदीले १० प्रतिशत खरिद गर्दै आएको छ ।

Source: http://www.karobardaily.com/news/78693