सिन्धुलीमा आँखाका बिरामी बढे

February 05, 2019

राजन गाँउले, अन्नपूर्ण पोष्ट, माघ २१, २०७५ 

सिन्धुली : पछिल्लो साढे दुई वर्षमा सिन्धुलीमा साढे अठार हजार आखाँका विरामी भेटिएका छन् ।

सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीका अनुसार केन्द्रका अनुसार आर्थिक वर्ष २०७३÷०७४ देखि आव ०७५÷०७६ को माघ पहिलो सातासम्म आँखा जाँच गर्न आएका झण्डै ४० हजार सर्वसाधरणमध्ये १८ हजार ६ सय ३६ जनामा आँखाको समस्या भेटिएको हो ।

केन्द्र प्रमुख धनबहादुर मगरका अनुसार यस्ता विमारीमध्ये अधिकांश महिला छन् ।  १० हजार चार सय ४८ जना महिलामा आँखा समस्या देखिएको छ ।

केन्द्रमा सिन्धुली मात्र नभई उदयपुर, महोत्तरी, रामेछाप, दोलाखा, ओखलढुङगा लगायतका जिल्लाबाट पनि बिरामी आउने गर्छन् ।

परीक्षण गर्न आएकामध्ये ९ हजार आठ सय २४ मा मौसमी संक्रमणहरु र मोतीविन्दु भएको पाइएको छ । यसमा पाँच हजार सात सय १८ महिला र चार हजार एक सय पुरुष छन् ।
त्यस्तै आँखामा लाग्ने चोटपटक र चस्मा लगाउनुपर्ने अवस्थामा महिला दुई हजार नौ सय ३९ र पुरुष दुई हजार दुई सय आठ गरी पाँच हजार एक सय ४७ जना छन् ।

आँखा रोगको संक्रमणमा पर्नेहरुमध्येमा धेरै जसो सानै उमेरका धेरै छन् । १५ देखि ५९ वर्ष उमेरका १२ हजार १ सय ६१ जनाको आँखामा संक्रमण भेटीएको पनि मगरले थपे । १४ वर्ष मुनिका २ हजार ९ सय ४२ र ६० वर्ष भन्दा माथिका ३ हजार ५ सय ३३ जना आँखाका विरामीको केन्द्रले उपचार गरेको छ । 

केन्द्रले आँखाका बिरामीको उपचारका लागि समय समयमा केन्दमै तथा जिल्लाका विभिन्न ठाउँमा निः शुल्क आँखा शिविर समेत सञ्चालन गर्दै आएको छ । वातावरण प्रदूषण, घरभित्रको धुलो धँुवा र समयमै आँखा परीक्षण तथा उपचार र सुरक्षा नगर्दा धेरैमा कुनै न कुनै प्रकारका रोगले आँखामा संक्रमण गर्ने गरेको पाइएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले जनाए । 

‘रेडक्रस सोसाइटी सिन्धुलीकै संयोजनामा संचालीत आखा उपचार केन्द्रले निशुल्क आँखा उपचार तथा मोतिया विन्दुको अप्रेशन समेत गर्ने गरेको भएपनि आँखाको हेरचाहाका विषयमा धेरैलाई ज्ञान नहुँदा पछिल्ला समय आँखा रोगिहरुको संख्यामा बृद्धि हुँदै गएको पाइएको छ,’ श्रेष्ठले थपे ।

सोर्त: http://annapurnapost.com/news/119620

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More