सिरहा खुल्ला दिसामुक्त जिल्ला बन्दै

February 16, 2018

नागरिक दैनिक फागुन ०४, २०७४

लहान -  सिरहा जिल्लालाई प्रदेश नं २ कै पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भइरहेको छ ।जिल्लाका ९९ दशमलव ६९ प्रतिशत भन्दा बढी घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सिरहाका प्रमुख राजेश कुशवाहाले जानकारी दिए ।

प्रमुख कुशवाहाका अनुसार सिरहाको कूल एक लाख १८ हजार ५९८ घरधुरीमध्ये हालसम्म एक लाख १८ हजार २३६ घरधुरीमा शौचालय निर्माण भइसकेको छ । बाँकी रहेको करिब १ प्रतिशत अर्थात ३६२ घरधुरीमा पनि शौचालय निर्माण अन्तिम चरणमा पुगेको उनले बताए।

शौचालय बनाउन बाँकी रहेको घरधुरीमा पनि छिट्टै शौचालय निर्माण भएपछि जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिने प्रमुख कुशवाहाले बताए।

उनका अनुसार, प्रदेश नं। २ का आठ जिल्लामध्ये सिरहामा ९९ दशमलव ६९ प्रतिशत, सप्तरीमा ९६ प्रतिशत, धनुषामा ८७ प्रतिशत, महोत्तरीमा ८२ प्रतिशत, सर्लाहीमा ८२ प्रतिशत, बारामा ६७ प्रतिशत, पर्सामा ८३ प्रतिशत र रौतहटमा ८७ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएका छन् ।

यसरी हेर्दा सबै भन्दा बढी सिरहामै शौचालय निर्माण भइसकेकोले २ नं प्रदेशकै पहिलो खुल्ला दिसामुक्त जिल्ला सिरहालाई नै बनाउने हाम्रो तयारी रहेको प्रमुख कुशवाहाले बताए। 

Source: www.nagariknews.com/news/38081/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More