सुन-चाँदीकै मूल्य बढ्यो

December 23, 2019

अन्नपूर्ण पोष्ट, पुष ०७, २०७६ 

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । आज सुन तोलामा ७१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार तेजावी सुन पनि ३ सयले बढेको छ। बजारमा तेजाबी सुनको मूल्य तोलामा ७१ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, चाँदी तोलामा ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी तोलमा ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। 

स्रोत: http://annapurnapost.com/news/143752

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More