सेजमा १३ उद्योगका लागी सहमति

March 14, 2018

मनोरञ्जन शर्मा, कारोबार, बुधवार, फाल्गुन ३०, २०७४

देशको पहिलो निर्यातमुखी महत्वाकांक्षी पाइलट आयोजनाका रूपमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र(भैरहवा सेज)मा तोकिएको समयभित्र जम्मा १३ बिभिन्न कम्पनी तथा व्यक्तिले उद्योग स्थापनाका लागि विशेष आर्थिक क्षेत्र समितिबाट अनुमति लिएका छन् । अनुमति लिएका सबैलाई एक साताभित्र उद्योग दर्ता गर्न विशेष आर्थिक क्षेत्र विकास समितिले पत्र पठाएको छ । 


विशेष आर्थिक क्षेत्र विकास समितिका प्रवक्त एवं उपसचिव सुन्दर थापाले उद्योग स्थापनाका लागि निकालिएको १५ दिने सूचनामा ११ र त्यपछि थपिएको थप समयमा २ उद्योगले अनुमति लिएको बताए । 
उद्योग स्थापनाका लागि अनुमति लिनेहरूमा महेन्द्रकुमार गायलको एक्सलेट गार्मेन्ट उद्योग, सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिजको प्रोफोम एन्ड क्लोजर, सिद्धार्थ पेट प्लास्ट इन्डस्ट्रिजकै पीभीसी म्याट, एक्सन पोलिमर, सुगम नानो हर्बल इन्डस्ट्रिज प्रालि, किरण सुज म्यानुफयाक्चर्श, इन्टरटेक पाइप एन्ड फिटिङ, सरोज श्रेष्ठको गार्मेन्ट प्रोशेसिंग इन्डस्ट्रिज, रवीन्द्रमान श्रेष्ठको मिनरल वाटर इन्डस्ट्रिज, आइडिएस इलेक्ट्रिक प्रालि, ट्रन्स हिमालयन बेभरज प्रालि जगदम्बा सेन्थेटिक प्रालि र एसियन थाइफुडस प्रालि रहेको प्रवक्ता थापाले जनाए ।
तीन पटक सूचना प्रकाशित गर्दा पनि नआएका बाँकी ६ उद्योगको प्रारम्भमा दिएको आवेदन रद्द हुने थापाले बताए । बाँकी उद्योग स्थापनाका लागी छिट्टै सूचना आउने जनाइएको छ । स्थापना हुने क्रममा रहेका १३ उद्योगले ३८ वटा प्लट (८८ हजार १ सय ९५ दशमलव ४ मिटर ) क्षेत्रफल ओगट्ने छन् । सेजभित्र जम्मा ६९ वटा प्लट (१ लाख ६७ हजार स्वाक्यर मिटर) उद्योगका लागि छुट्याइएको छ । 
उद्योग स्थापनका लागि पहिलो चरणमा १९ वटा उद्योगले सेजमा आवदेन दिएका थिए । तर, उद्योगीहरूले समयमा विद्युत आपूर्ति हुने अवस्था नदेखेपछि पछि हटेका थिए । यी १३ वटा उद्योगहरूमा २९ सय ६२ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । सेजमा उद्योग स्थापनका सेजसँग सम्झौता गरेका १३ वटा उद्योगहरू सञ्चालनका लागि ४ दशमलव ४ मेगावाट विद्युत् आवश्यक छ । उद्योगको भौतिक संरचना तयार भएपछि विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको प्रवक्ता थापाले बताए । उनले उद्योगको भौतिक पूर्वाधारका लागि आवश्यक हुने विद्युत् भने उपलब्ध हुने जनाए । सेजभित्र अहिले अन्यपूर्वाधार रहे पनि सब स्टेसनका लागि पहल भइरहेको छ । 
उद्योग स्थापनाका लागि सहमति गरेका भैरहवाका व्यवसायी एवं उद्यमी राजेश अग्रवालले आफू अन्तर्गतका कम्पनीबाट ३ उद्योग सञ्चालनका लागि सहमति गरेको र त्यसको तयारीमा जुटेको बताए । “छिटोभन्दा छिटो सेज सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो, त्यस्का लागि सबै मिलेर अघि बढ्दै समस्या देखिएको विद्युत्का लागि आ–आफ्नो स्थानबाट पहल गर्नुपर्छ, देशको पहिलो महत्वाकांक्षी निर्यात मुखी परीयोजना सफल पार्नुपर्छ, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका अग्रवालले भने ।

 स्रोत: https://karobardaily.com/news/corporate/3118

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More