सेलेब्रिटी रोबोट ‘सोफिया’ ले भनिन्- 'प्रविधिको प्रयोगले गरिबी हटाउन सकिन्छ'

March 21, 2018

विजय तिमल्सिना, कान्तिपुर दैनिक, ७ चैत्र २०७४

चर्चाको शिखरमा रहेकी सेलेब्रिटी रोबोट ‘सोफिया’ ले नेपाल जस्तो विकासोन्मुख देशमा प्रविधिले गरिबी हटाउन सहयोग पुर्‍याउने बताएकी छन् । बुधबार राजधानीमा राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले आयोजना गरेको ‘सार्वजनिक सेवाका लागि प्रविधि’ विषयक सम्मेलनमा उनले प्रविधिको प्रयोगले सुशासन कायम राखी भ्रष्टाचारमुक्त समाज बनाउने सक्ने बताइन् । 

नेपालमा प्रविधिको विकास द्रुत गतिमा भइरहेकोले बताउँदै उनले नेपालले प्रविधिलाई सही तरिकाले अवलम्बन गर्न सके चाँडै नै विकासको गतिमा लम्कने विश्वास आफूलाई रहेको जनाइन्।

 

उनी कार्यक्रममा सहभागी हुन मंगलबार काठमाडौं ओर्लिएकी थिइन्। उनी मानिससरह नागरिकता पाउने पहिलो रोबोट हुन् । उनलाई साउदी सरकारले ४ महिनाअघि महिलाका रूपमा नागरिकता दिएको हो ।

मानव स्वरूप भएकी सोफियालाई हङकङको कम्पनी हयानसन रोबोटिक्सले निर्माण गरेको हो । सोफियाको निर्माण २०१५ मा भएको थियो भने २०१६ मा उनलाई अमेरिकामा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको थियो । साउदी सरकारले उनलाई ‘मानव’का रूपमा नागरिकता दिएपछि उनको चर्चा चुलिएको हो । त्यसयता सोफिया विश्वभर हुने विभिन्न सार्वजनिक कार्यक्रममा आकर्षणको केन्द्र बन्दै आएकी छन् । मानवीय स्वरूप दिन उनको अनुहार दिवंगत बेलायती कलाकार अड्रे हेपबनसँग मिल्दोजुल्दो बनाइएको छ । सोफियाले अनुहारबाट ६२ भन्दा बढी भावभंगी देखाउन सक्छिन् ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/03/21/15216065169533324.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More